शान्तिपूर्ण देशमा नेपाल भारत, चीन र अमेरिका भन्दा माथि

मंसिर ६, काठमाडौं-नेपालले विश्वका शान्तिका देशहरुमा १२ स्थान सुधार गरेको छ। ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी)  १६३ देशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। जस अनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ ‍औं स्थानमा छ।  

आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा उसले १६३ देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि सूचित  गरेको हो। २०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको देखाएको छ। विश्व शान्तिको सूचीमा आइसल्यान्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ। उसको प्रतिवेदन अनुसार अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ। दोस्रोमा न्यूजील्यान्ड रहेको छ भने पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक  क्रमश: शीर्ष दशमा छन् । स्वीट्जरल्यान्ड ११ मा छ भने एसियाबाट भूटान १५ र मलेशिया १६ ताइवान ३६ मा,  इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र  श्रीलंका ७२ स्थानमा रहेका छन्। यो पटकको सूचीमा दक्षिण एसियाली क्षेत्रमा भने ठूलो सुधार देखिएको छ जसका लागि नेपाल, पाकिस्तान र भूटानलाई श्रेय दिइएको हो। दुईस्थान माथि आउँदै १५ औँ मा पुगेको भूटानले शान्तिका चार संकेतकमा राम्रो अंक प्राप्त गरेको छ र पुलिसदर र अतिक्रमण दरमा मात्र यसको स्कोर दुईभन्दा कम रहेको छ। दक्षिण एसियामा अन्य क्षेत्रको तुलनामा आपराधिक समस्या कम छ र राजनीतिक रुपमा मात्र अशान्त छ। दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण देश हो। नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ। भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो। त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ। चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ । अमेरिका पनि अशान्त देशको सूचीमा छ। अमेरिका चार स्थान तल झर्दै १२८ स्थानमा पुगेको थाहाखबरले लेखेको छ ।

प्रतिवेदन हेर्नको लागि तलको लिंक क्लीक गर्नुहोस् ।

https://www.slideshare.net/wortlu/global-peace-index-2019

Facebook Comments