शानदार पोखरा रंगशालामा बहुप्रतिष्ठित आहा ! रारा गोल्ड कप आजदेखि, पहिलो भेटमा सहारा र ब्रिगेड ब्वाइज

अनलाइनअन्नपूर्ण/पोखरा २२, फागुन

शानदार पोखरा रंगशालामा बहुप्रतिक्षित बहुप्रतिष्ठित आहा ! रारा गोल्डकपको १८ औं संस्करण आजबाट शुरु हुँदैछ । आज उद्घाटन सत्रको पहिलो भेटमा आयोजक सहारा क्लव र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिष्प्रर्धा हँदैछ ।

प्रतियोगिता चैत एक गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन आज दिउँसो १ः३० बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गर्नुहुने भएको छ । खेल नयाँ मुहारको पोखरा रंगशालामा दिउँसो २ः०० बजे शुरु हुनेछ ।

दुबै टिमबीच पहिलो पटक हुन लागेको भेटमा दुवैले जित हाँसिल गर्ने दावि गरेका छन् । दुबै टिममा युवा, राष्ट्रिय एवं विदेशी खेलाडीहरु रहेका छन् ।

ब्रिगेड व्याइजका प्रशिक्षक सनोज श्रेष्ठले लिग पश्चात देशका धेरै ठाउँमा भएका फुटवल प्रतियोगितामा सहभागि हुदै आएकोले आफ्नो टिम तयारी अबस्थामा रहेको बताएका छन् । अनिल गुरुङको कप्तानिमा तयारी रहेको टिममा १३ औं सागमा सहभागि खेलाडी राजेश परियार, पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङ सहित नाइजेरियाका ताजुकीन वुसारी र काजीम वुसारी लगायतका खेलाडी रहेका छन् ।

सहारा क्लवले यसपालीको उपाधि रक्षा गर्ने रणनितीका साथ ब्रिगेडलाई जित्ने उच्च मनोवलसहित दावि गरेको छ । सहाराका प्रशिक्षक बिष्णु गुरुङले सहारा एकेडेमीका उत्पादन एवं पूर्व राष्ट्रिय खेलाडी मनबहादुर तामाङको कप्तानीमा ९ जना पोखरेली खेलाडीहरु मैदानमा उतार्ने बताए । ए डिभिजनका विभिन्न क्लवका खेलाडीहरु सहित एक विदेशी क्याम्रुङका अल्द्रीस राम्दीक सहाराको टिममा सहभागि छन् ।

प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब सहित १० टिमको सहभागिता रहने भएको सहारा क्लवले जनाएको छ ।

प्रतियोगिताका बिजेतालाई १० लाख एक हजार रुपैया साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । उपविजेतालाई ५ लाख १ हजार रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Facebook Comments