शहीद खगेन्द्र दाहालका पिता डिल्लिप्रसाद दाहालको निधनप्रति देउवाद्वारा गहिरो दुःख व्यक्त

अनलाइनअन्नपूर्ण/वैशाख २०, पोखरा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शहीद खगेन्द्र दाहालका पिता डिल्लिप्रसाद दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट समवेदना व्यक्त गर्नु भएको छ ।

वि.सं. २०३१ साल असोज १३ गते काठमाडौंको केन्द्रीय कारागारबाट नख्खु कारागार सार्ने वाहनामा नख्खुको ओरालोमा मारिनु भएका शहीद खगेन्द्रराज दाहालका पिता ओखलढुंगा, मुलुङ गाउँपालिका वडा नं. २ रामपुर निवासी डिल्लीप्रसाद दाहालको ९९ वर्षको उमेरमा वैशाख १३ गते काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । (वि.सं. २०३१ मा खगेन्द्रराज दाहाल सँगै लीलानाथ दाहाल, ठगीराम दाहाल र गोकर्णबहादुर कार्कीलाई निरंकुश पञ्चायती व्यवस्थाले कारागार सार्ने वहानामा मारेको थियो ।)

स्वर्गीय डिल्लीप्रसाद दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । स्वर्गीय दाहालको श्रीमती, दुई छोरा र तीन छोरीहरु हुनुहुन्छ ।

photo credit-Ratopati
Facebook Comments