वेपत्ता भएका पर्यटक हिउँमा पुरिएको आशंका नेपाली सेनाको तालिम प्राप्त टोलीद्धारा हिउँ उत्खनन गर्ने

दीननाथ बराल पोखरा ७, माघ । अन्नपूर्ण पदमार्गमा पर्ने देउराली लगायतको हिमपहिरो आएको क्षेत्रमा वेपत्ता भएका पर्यटकहरु हिउँ पहिरोमै पुरिएको हुन सक्ने आशंका गरिएको छ । कोरियन टोलीद्धारा ल्याएको एक प्रविधि (डिभाइस) ले वेपक्ता भएकाहरु हिउँमै पुरिएको शंकेत गरेसंगै वेपक्ता भएकाहरु हिउँमै पुरिएको हुन सक्ने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

नेपाली सेनाको तालिम प्राप्त १५ जनाको टोली हेलिकोप्टर मार्फत देउरालीमा अवतरण गरी वेपत्ता भएकाहरुको हिउँमा उत्खनन गर्ने भएको प्रजिअ केसीले बताए । उनले भने “ कोरियन रेस्क्यू टिमले ल्याएको एक प्रविधि हिमपहिरो भएको क्षेत्रमा छाड्दा हिउँ भएको क्षेत्रमा संकेत गरेकोले सो क्षेत्रमा रहेको हिउँ हटाउने कार्यमा सेनाको टोली लाग्ने छ । ”

नेपाली सेनाको टोली सहित टानका प्रतिनिधि समेत हिमपहिरो भएको ठाउँमा पुगेको छ । विहिबार र शुक्रबार आएको हिमपहिरोमा परी हिमपहिरोको कारण वेपक्ता भएका ३ नेपाली, ४ कोरियन सहित ७ जना को खोजि कार्य भईरहेको छ ।

प्रतिकुल मौसमका कारण यस अघि हेलिकोप्टर हिमपहिरो आएको क्षेत्रको आकासबाट अवलोकन गरेर फर्किएको थियो । टानको एक टोली जिप तथा सडक मार्ग हुदै हिमपहिरो भएको स्थलमा पुगेर फर्कि सकेको छ । उक्त क्षेत्रमा अत्याधिक हिउ भएकोले अझै केही दिन हिउँ पग्लन समय लाग्ने भएको स्थानिय बताउछन्।

Facebook Comments