वेगनसाताल टोलविकास संस्थाको अध्यक्षमा पौडेल

पोखरा, २२ कार्तिक । वेगनासताल टोल विकास संस्थाको ५ औं अधिवेशन एवम् वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेसनले आगामी कार्यकालका लागि भानुभक्त पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएको कार्य समितिको उपाध्यक्षमा सिता कार्की, सचिवमा पं्रकाश बराल, कोषाध्यक्षमा मेनुका वास्तोला, सहसचिवमा निराजन बराल चयन भएका छन् । यसै गरी सदस्यहरुमा मदनबाबु कोइराला, रेशमा त्रिपाठी, पुजा खतीवडा, ओम प्रकाश सुनार, श्यामु अधिकारी र विष्णु आचार्य रहेका छन् ।

यस अघि पोखरा महानगरापालिका गरीवी न्यूनिकरण शाखाका प्रमुख रविन्द्र अधिकारीले टोल विकास संस्थाले आफ्नो विधान विनियम बमोजिम विभिन्न सामाजिक तथा मानविय सेवाका कार्य गर्न सुझाव दिए। टोल विकास संस्थाहरुले उद्ययमीहरुको आय आर्जन तथा सिप मुलक तालिमका लागि महानगरमा योजना माग गर्न आग्रह गर्दै आवश्यकता अनुसार टोल विकास संस्थाका पदाधिकारीहरुलाई तालिमको समेत व्यवस्था गर्ने पनि अधिकारीले सो अवसरमा बताए।

यसै गरी बेगनसा युवा क्लबका पूर्व अध्यक्ष एवम् बेगनासताल टोल विकास संस्थाका पूर्व सचिव कृष्ण प्रसाद ढुंगानाले वेगनासताल टोल विकास संस्थाले गरेका राम्रा कामको प्रशंसा गर्दै आगामी नयाँ कार्यसमिलिे अझै राम्रो काम गर्न शुभकामना दिए ।

संस्थाका निवर्तमान अध्यक्ष ऋषिराम रानाभाटले वेगनासताल टोल विकास संस्थाले गरेका विभिन्न सामाजिक कार्यहरु सुनाउँदै आफ्नो कार्यकालमा सफल बनाउन सहयोग गर्ने संस्थाका सदस्यहरु, कार्य समितिका सदस्यहरुलाइ धन्यवाद दिएका थिए । कार्यक्रममा कोषाध्यक्ष विजय राज कंडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको कार्यक्रमको सन्चालन सचिव शक्ति श्री तिवारीले गरेकी थिइन् ।

Facebook Comments