विश्व-६१ लाख ५६ हजार ४२८ संक्रमित, ३ लाख ७० हजार ९१८ मृत्यु, २७ लाख ३४ हजार ७७८ निको

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १८

विश्वमा कोरोनाभाइरसबाट ६१ लाख ५६ हजार ४२८ जना संक्रमित भएका छन् । हालसम्म २७ लाख ३४ हजार ७७८ जना निको भईसकेका छन् भने ३ लाख ७० हजार ९१८ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितहरु मध्य ३० लाख ५० हजार ७३२ केसहरु सक्रिय रहेका छन् भने २९ लाख ९७ हजार २२६ जना को अवस्था सामान्य भईरहेको छ । विश्वभर गम्भिर अवस्थाका विरामीहरु ५३ हजार ५०६ जना रहेका छन् ।

कोरोनाको महामारी सबैभन्दा वढी संयुक्त राज्य अमेरीकामा परेको छ । अमेरिकामा अहिलेसम्म १८ लाख १६ हजार ८२० जनामा संक्रमण भएको छ । १ लाख ५ हजार ५५७ जनाको मृत्यु भएको छ भने ५ लाख ३५ हजार २३८ जना निको भईसकेका छन् ।

ब्राजिलमा ४ लाख ९९ हजार ९९६ जनामा संक्रमण भएको छ । २८ हजार ८४९ जनाको मृत्यु भएको छ भने २ लाख ५ हजार ३७१ जना निको भएका छन् ।

रसियामा ३ लाख ९६ हजार ५७५ जनामा संक्रमण भएको छ । नयाँ संक्रमणका केस ८ हजार ९५२ वटा थपिएका छन् । अहिलेसम्म ४ हजार ५५५ जनाको मृत्यु भएको छ । रसियामा १ लाख ६७ हजार ४६९ जना निको भएका छन् ।

स्पेनमा २ लाख ८६ हजार ३०८ जनामा संक्रमण देखिएको छ । २७ हजार १२५ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार ९५८ जना निको भएका छन् ।

बेलायतमा २ लाख ७२ हजार ८२६ जनामा संक्रमण भएको छ । ३८ हजार ३७६ जनाको मृत्यु भएको छ भने विश्वव्यापी अनलाईन अपडेटमा शुरुबाटै निको भएकाहरुको विवरण बेलायतले खुलाएको छैन ।

ईटालीमा २ लाख ३२ हजार ६६४ जनामा संक्रमण भएको छ । ३३ हजार ३४० जनाको मृत्यु भएको छ भने १ लाख ५५ हजार ६३३४ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ८८ हजार ६२५ जनामा संक्रमण भएको छ । २८ हजार ७७१ जनाको मृत्यु भएको छ भने ६८ हजार २६८ जना निको भएका छन् ।

जर्मनीमा १ लाख ८३ हजार २९४ जनामा संक्रमण देखिएको छ । ८ हजार ६०० को मृत्यु भएको छ भने १ लाख ६४ जहार ९०० निको भएका छन् ।

भारत विश्वका धेरै कोरोनाभाइरस संक्रमण भएका देशमा ९ औं नंबरमा रहेको छ । भारतमा १ लाख ८१ हजार ८२७ जनामा संक्रमण भएको छ भने ५ हजार १८५ जनाको मृत्यु भईसकेको छ । ८६ हजार ९३६ जना निको भएका छन् ।

Facebook Comments