विश्व :६० लाख ४८ हजार वढी संक्रमित, ३ लाख ६७ हजार वढीको मृत्यु, १५ देश कोरोना मुक्त

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १७

विश्वमा कोरोनाभाइरसबाट ६० लाख ४८ हजार २१३ जना संक्रमित भएका छन् । हालसम्म २६ लाख ७२ हजार ७०६ जना निको भईसकेका छन् भने ३ लाख ६७ हजार २२५ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितहरु मध्य ३० लाख ८ हजार २८२ केसहरु सक्रिय रहेका छन् भने २९ लाख ५४ हजार ५४३ जना को अवस्था सामान्य भईरहेको छ । विश्वभर गम्भिर अवस्थाका विरामीहरु ५३ हजार ७३९ रहेको छ ।

कोरोनाबाट सबैभन्दा वढी प्रभाव संयुक्त राज्य अमेरीकामा परेको छ । अमेरिकामा अहिलेसम्म १७ लाख ९३ हजार ५३० जनामा संक्रमण भएको छ । १ लाख ४ हजार ५४२ जनाको मृत्यु भएको छ भने ५ लाख १९ हजार ५६९ जना निको भईसकेका छन् ।

ब्राजिलमा ४ लाख ६८ हजार ३३८ जनामा संक्रमण भएको छ । २७ हजार ९४४ जनाको मृत्यु भएको छ भने १ लाख ९३ हजार १८१ जना निको भएका छन् ।

रसियामा ३ लाख ९६ हजार ५७५ जनामा संक्रमण भएको छ । नयाँ संक्रमणका केस ८ हजार ९५२ वटा थपिएका छन् । अहिलेसम्म ४ हजार ५५५ जनाको मृत्यु भएको छ । रसियामा १ लाख ६७ हजार ४६९ जना निको भएका छन् ।

स्पेनमा २ लाख ८५ हजार ६४४ जनामा संक्रमण देखिएको छ । २७ हजार १२१ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार ९५८ जना निको भएका छन् ।

बेलायतमा २ लाख ७१ जहार २२२ जनामा संक्रमण भएको छ । ३८ हजार १६१ जनाको मृत्यु भएको छ भने विश्वव्यापी अनलाईन अपडेटमा शुरुबाटै निको भएकाहरुको विवरण खुलाईएको छैन ।

ईटालीमा २ लाख ३२ हजार २४८ जनामा संक्रमण भएको छ । ३३ हजार २२९ जनाको मृत्यु भएको छ भने १ लाख ५२ हजार ८४४ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ८६ हजार ८३५ जनामा संक्रमण भएको छ । २८ हजार ७१४ जनाको मृेत्यु भएको छ भने ६७ हजार ८०३ जना निको भएका छन् ।

जर्मनीमा १ लाख ८३ हजार १९ जनामा संक्रमण देखिएको छ । ८ हजार ५९४ जनाको मृत्यु भएको छ भने १ लाख ६४ जहार ९०० निको भएका छन् ।

भारत विश्वका धेरै कोरोनाभाइरस संक्रमण भएका देशमा ९ औं नंबरमा रहेको छ । भारतमा १ लाख ७४ हजार २० जनामा संक्रमण भएको छ भने ४ हजार ९८१ जनाको मृत्यु भईसकेको छ । नयाँ संक्रमणका केस ५२९ थपिएका छन् ।

संक्रमण फैलिएका २१३ देश मध्य १५ देश कोरोनामुक्त

एशिया : मकाउ र टीमोर लेष्टे, २ देश कोरोनामुक्त भएका छन् ।
दक्षिण अमेरिका : फल्याण्ड आईल्याण्ड्स कोरोना मुक्त भएको छ ।
अफ्रिका : ईरिटेरीया र शेसेल्स, २ देश कोरोना मुक्त भएका छन् ।
ओसियाना : फ्रेन्च पोलिनेसिया र पपुवा न्यूगिनी, २ देश कोरोना मुक्त भएका छन् ।
उत्तर अमेरिका : ७ देश कोरोना मुक्त भएका छन् । सेन्ट लुसिया, डोमिनिका, सेन्ट किट्स एण्ड नेवीज, क्यारेबियन नेदरल्याण्ड्स, सेन्ट वर्थ, एंगुलिया र सेन्ट पिएरे मिक्यूलन कोरोना मुक्त भएका छन् । र
यूरोप : यूरोपको एक देश फेयरो आईल्याण्ड्स कोरोना मुक्त भएको छ ।
श्रोत :वल्र्डओमिटर्स डट इन्फो

Facebook Comments