विश्व: ५५ लाख ५७७ संक्रमित, ३ लाख ४६ हजार ७१९ को मृत्यु, २३ लाख २ हजार ५७ निको

आरजू विष्ट सल्यानी/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १२

विश्वभर कोरोनाभाइरसबाट ५५ लाख ५७७ जना संक्रमित भएका छन् । हालसम्म ३ लाख ४६ हजार ७१९ जनाको मृत्यु भएको छ भने २३ लाख २ हजार ५७ जना निको भएर घर फर्किएका छन् ।

विश्वका २८ लाख ५१ हजार ८०१ जना मानिसमा कोरोनाको संक्रमण सक्रिय रहेको छ भने २७ लाख ९८ हजार ५७८ जनाको अवस्था सामान्य भईरहेको छ । संक्रमितहरु मध्य ५३ हजार २२३ जनाको अवस्था गम्भिर रहेको छ ।

महामारी सबैभन्दा वढि अमेरिकामा, ९९ हजार ३०० को मृत्यु

कोरोनाको महामारी सबैभन्दा वढि अमेरिकामा देखिएको छ । त्यहाँ अहिलेसम्म १६ लाख ८६ हजार ४३६ जनामा संक्रमण भएको छ । ९९ हजार ३०० मानिसको मृत्यु भएको छ भने ४ लाख ५१ हजार ७०२ जना निको भईसकेका छन् । अमेरिकामा अहिलेसम्म १४ करोड ७ लाख ४९ ७५६ जनाको परिक्षण गरिएको छ ।

ब्राजिलमा ३ लाख ६५ हजार २१३ जनामा संक्रमण भएको छ । २२ हजार ७४६ जनाको मृत्यु भएको छ भने १ लाख ४९ हजार ९११ जना निको भएका छन् ।

रसियामा ३ लाख ४४ हजार ४८१ जनामा संक्रमण भएको छ । ३ हजार ५४१ जनाको मृत्य भएको छ भने १ लाख १३ हजार २९९ जना निको भएका छन् ।

स्पेनमा २ लाख ८२ हजार ८५२ जनामा संक्रमण भएको छ । २८ हजार ७५२ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार ९५८ जना निको भएका छन् ।

बेलायतमा २ लाख ५९ हजार ५५९ जनामा संक्रमण भएको छ । त्यहाँ ३६ हजार ७९३ जनाको मृत्यु भएको छ ।

भारतमा १ लाख ३८ हजार ८४५ जनामा संक्रमण भएको छ । ४ हजार २४ जनाको मृत्यु भएको छ भने ५७ हजार ७२१ जना निको भएका छन् ।

पाकिस्तानमा ५४ हजार ६०१ जनामा संक्रमण भएको छ । अहिलेसम्म १ हजार १३३ जनाको मृत्यु भएको छ भने १७ हजार १९८ जना निको भईसकेका छन् ।

Facebook Comments