विश्व-५५ लाख २९ हजार ९८ संक्रमित, ३ लाख ४७ हजार १६३ को मृत्यु, २३ लाख १८ हजार ६१२ निको भए

आरजू विष्ट सल्यानी/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १२

विश्वभर कोरोनाभाइरसबाट ५५ लाख २९ हजार ९८ जना संक्रमित भएका छन् । हालसम्म ३ लाख ४७ हजार १६३ जनाको मृत्यु भएको छ भने २३ लाख १८ हजार ६१२ जना निको भएर घर फर्किएका छन् ।

विश्वका २८ लाख ६३ हजार ३२३ जना मानिसमा कोरोनाको संक्रमण सक्रिय रहेको छ भने २८ लाख १० हजार १०५ जनाको अवस्था सामान्य भईरहेको छ । संक्रमितहरु मध्य ५३ हजार २२१८ जनाको अवस्था गम्भिर रहेको छ ।

महामारी सबैभन्दा वढि अमेरिकामा, ९९ हजार ३४८ को मृत्यु, १६ लाख ८८ हजार २९० जनामा संक्रमण

कोरोनाको महामारी सबैभन्दा वढि अमेरिकामा देखिएको छ । त्यहाँ अहिलेसम्म १६ लाख ८८ हजार २९० जनामा संक्रमण भएको छ । ९९ हजार ३४८ को मृत्यु भएको छ भने ४ लाख ५१ हजार ७४५ जना निको भईसकेका छन् । अमेरिकामा अहिलेसम्म १४ करोड ७६ लाख ७ हजार २ जनाको परिक्षण गरिएको छ ।

ब्राजिलमा ३ लाख ६५ हजार २१३ जनामा संक्रमण भएको छ । २२ हजार ७४६ जनाको मृत्यु भएको छ भने १ लाख ४९ हजार ९११ जना निको भएका छन् ।

रसियामा ३ लाख ५३ हजार ४२७ जनामा संक्रमण भएको छ । ३ हजार ६३३ जनाको मृत्य भएको छ भने १ लाख १८ हजार ७९८ जना निको भएका छन् ।

स्पेनमा २ लाख ८२ हजार ८५२ जनामा संक्रमण भएको छ । २८ हजार ७५२ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार ९५८ जना निको भएका छन् ।

बेलायतमा २ लाख ५९ हजार ५५९ जनामा संक्रमण भएको छ । त्यहाँ ३६ हजार ७९३ जनाको मृत्यु भएको छ ।

भारतमा १ लाख ४० हजार १४६ जनामा संक्रमण भएको छ । ४ हजार ४१ जनाको मृत्यु भएको छ भने ५८ हजार १७४ जना निको भएका छन् ।

पाकिस्तानमा ५६ हजार ३४९ जनामा संक्रमण भएको छ । अहिलेसम्म १ हजार १६७ जनाको मृत्यु भएको छ भने १७ हजार ४८२ जना निको भईसकेका छन् ।श्रोत :वल्र्डओमिटर्स डट इन्फो

Facebook Comments