विश्व स्वास्थ्य महाधिवेशनको थाइवानसम्बन्धि निर्णयप्रति अन्तर्राष्ट्रिय समाज एकबद्ध

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ७-मै १८ तारिख ७३औं विश्व स्वास्थ्य महाधिवेशनका अध्यक्षले यस पटकको सम्मेलनमा केही मुलुकले प्रस्तुत गरेको तथाकथित’ थाइवानलाई पर्यवेक्षकको रुपमा विश्व स्वास्थ्य महाधिवेशनमा सहभागिका लागि निमन्त्रण गर्ने’ प्रस्ताव सम्बन्धमा छलफल नगर्ने निर्णय गर्नुभएको छ।

मै १९ तारिख चीनको राज्य परिषद् थाइवान मामिला कार्यालयका प्रवक्ता मा स्याउ क्वाङले उक्त निर्णय विश्व स्वास्थ्य महाधिवेशनमा एक चीन नीतिप्रति अन्तर्राष्ट्रिय समाजको व्यापक सहमति रहेको स्पष्ट देखाएको तथा थाइवान विषयलाई उचाल्ने मानिसहरुले मन जित्न नसक्ने बताउनुभएको छ।

विश्व स्वास्थ्य संगठन सार्वभौमिक मुलुकबाट गठित भएको संयुक्त राष्ट्र संघको बिशेषाधिकार पाएको संस्था हो र थाइवान चीनको एउटा क्षेत्रको रुपमा रहेकोले विश्व स्वास्थ्य संगठनमा भाग लिने हैसियत छैन। थाइवान सत्ता सरकारले निरन्तर ४ वर्ष तथाकथित’छिमेकी मुलुक’मार्फत विश्व स्वास्थ्य महाधिवेशनमा थाइवानसम्बन्धी प्रस्ताव गरे तापनि सधैँ विफल हुँदैआएको छ।

यस वर्षको विश्व स्वास्थ्य महाधिवेशन कोभिड १९ विश्वव्यापी रूपमा फैलिरहेको खतरनाक अवस्था बावजुद आयोजना गरिएको छ र सम्मेलनलाई छोटो पार्दै दुई दिनमा सम्पन्न गरिएको छ। यस्तो मूल्यवान समयमा विश्वका विभिन्न मुलुकले कोरोना भाइरसको कसरी रोकथाम र नियन्त्रण गर्ने सम्बन्धमा छलफल गर्नुपर्छ। तर थाइवान सत्ता सरकारले राजनैतिक समस्यालाई यस्तो व्यवसायिक संगठनमा ल्याएकोले अन्तर्राष्ट्रिय समाजले यसको विरोध गर्नुपर्छ।श्रोत :सिआरआइ डट सिएन

Facebook Comments