विश्व :संक्रमित १ करोड ८० लाख २३ हजार ३५७, १ करोड १३ लाख ३२ हजार १४ जना निको भ

विश्व :संक्रमित १ करोड ८० लाख २३ हजार ३५७, १ करोड १३ लाख ३२ हजार १४ जना निको भए
अनलाइनअन्नपूर्ण÷पोखरा, साउन १८

विश्वभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ करोड ८० लाख २३ हजार ३५७ पुगेको छ । संक्रमितहरु मध्य १ करोड १३ लाख ३२ हजार १४ जना निको भईसकेका छन् । अहिलेसम्म कोरोनाको कारण ६ लाख ८८ हजार ९३९ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर कोरोनाका सक्रिय केसहरु ६० लाख २ हजार ४०४ रहेका छन् भने ५९ लाख ३६ हजार ६९९ जनाको अवस्था सामान्य भईरहेको छ । ६५ हजार ७५२ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट सबैभन्दा वढी प्रभावित भएको देश अमेरिका रहेको छ । त्यहाँ ४७ लाख ६४ हजार ३१८ जनामा संक्रमण भएको छ । २३ लाख ६२ हजार ९०३ जना निको भएका छन् भने १ लाख ५७ हजार ८९८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोनाको कारण बसैभन्दा वढी मानिसको मृत्यु न्यूयोर्कमा भएको छ । अहिलेसम्म न्यूयोर्कमा ३२ हजार ७७३ जनाको मृत्यु भएको छ ।

न्यू जर्सिमा १५ हजार ९०७, क्यालिफोर्नियामा ९ हजार ३५९, म्यासाचुसेट्समा ८६२६, इलिनोईसमा ७ हजार ७००, पेन्सिलभेनियामा ७ हजार २८९, टेक्सासमा ७ हजार २६६ जनाको मृत्यु भएको छ ।

ब्राजिल दोश्रो वढी प्रभावित भएको देश हो । त्यहाँ २७ लाख ८ हजार ८७६ जनामा संक्रमण भएको छ । १८ लाख ८४ हजार ५१ जना निको भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।

भारतमा १७ लाख ५१ हजार ९१९ जनामा संक्रमण भएको छ । ११ लाख ४६ हजार ८७९ जना निको भएका छन् भने ३७ हजार ४०३ जनाको मृत्यु भएको छ ।

रसियामा ८ लाख ४५ हजार ४४३ जनामा संक्रमण भएको छ । ६ लाख ४६ हजार ५२४ जना निको भएका छन् भने १४ हजार ५८ जनाको मृत्यु भएको छ ।

आईतवार बिहानसम्म विश्वभर १७ हजार ३२५ वटा नयाँ केस थपिएका छन् भने ९३९ जनाको मृत्यु भएको छ ।

Facebook Comments