विश्वभर ९६ हजार ९३९ को मृत्यु, संक्रमणको संख्या १६ लाख १७ हजार ५७६,

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २८

विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या शुक्रवारसम्म १६ लाख १७ हजार ५७६ पुगेको छ । अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट ९६ हजार ९३९ को मृत्यु भएको छ भने ३ लाख ६५ हजार ७८९ जना निको भएर सामान्य जिवनामा फर्किएका छन् ।

शुक्रवार नयाँ संक्रमितको संख्या १३ हजार ९२४ थपिएको छ भने १ हजार २४७ जनाको मृत्यु भएको छ । विश्वभर सक्रिय रहेका केसहरु ११ लाख ५४ हजार ८४८ रहेका छन् भने ति मध्य ११ लाख ५ हजार ६६४ जनाको अवस्था सामान्य रहेको छ । ४९ हजार १८४ जनाको अवस्था गम्भिर रहेको छ

आजको तथ्यांकलाई हेर्ने हो भने सबैभन्दा वढि कोरोनाको कहर परेको देश अमेरिका देखिएको छ । अमेरिकामा कोरोनाको संक्रमण भएकाहरुको संख्या ४ लाख ६८ हजार ८९५ पुगेको छ । त्यहाँ आज ६ जनाको मृत्यु भएको छ भने ३२९ नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म १६ हजार ६९७ को मृत्यु भएको छ ।

आज स्पेनमा ३९६, चाईनामा १, इरानमा १२२, बेल्जियममा ४९६ सहित ४३ देशमा गरि १ हजार २४७ जनाको मृत्यु भएको छ । आज विश्भर १३ हजार ९२४ जना संक्रमति विरामी देखिएका छन् ।

Facebook Comments