विश्वभर कोरोना संक्रमितको संख्या ३६ लाख ५८ हजार नाघ्यो, १२ लाख निको, २ लाख ५२ हजार वढिको मृत्यु

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २३

विश्वभर कोरोनाभाइरसको संक्रमण ३६ लाख ५८ हजार २८८ जनामा भएको छ । संक्रमति भएका मध्य अहिलेसम्म १२ लाख ३ हजार ६४ जना निको भईसकेका छन् भने २ लाख ५२ हजार ५६६ जनाको मृत्यु भएको छ ।

संक्रमित भएकाहरु मध्य २२ लाख २ हजार ६५८ जनामा कोरोनाको संक्रमण सक्रिय रहेको पाईएको छ भने २१ लाख ५३ हजार १३ जनाको अवस्था सामान्य रहेको छ । यो भनेको ९८ प्रतिशत हो, जो निको हुने क्रममा रहेका छन् । यस्तै ४९ हजार ६४५ जनाको अवस्था गम्भिर रहेको छ । यो भनेको २ प्रतिशत मात्रै हो । मंगलवार बिश्वभर १५ हजार १७ वटा नयाँ संक्रमणका केस भेटिएका छन् भने ३२५ जनाको मृत्यु भएको छ ।

५ देश कोरोनामुक्त

अहिलेसम्म विश्वका २१२ देशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ति मध्य फकल्याण्ड टापु, ग्रीनल्याण्ड, पुपुवा न्यू गिनी, सेन्ट वर्थ र एंगुलिया गरि पाँच देश कोरोनामुक्त भएका छन् ।

कोरोनाभाइरसको महामारी अमेरिकामा सबैभन्दा वढि देखिएको छ । त्यहाँ १२ लाख १२ हजार ९५५ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ६९ हजार ९२५ जनाको मृत्यु भएको छ भने १ लाख ८८ हजार ६८ जना निको भईसकेका छन् । अमेरिकामा अहिलेसम्म ७४ लाख ६२ हजार ५९७ जनाको परिक्षण गरिएको छ ।

स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित रहेका छन् । त्यहाँ २५ हजार ४२८ जनाको मृत्यु भएको छ । १ लाख ५१ हजार ६३३ जना निको भएका छन् ।
इटालीमा २ लाख ११ हजार ९३८ जनामा संक्रमण भएको छ । २८ हजार ७९ जनाको मृत्यु भएको छ भने ८२ हजार ८७९ जना निको भएका छन् ।
बेलायतमा १ लाख ९० हजार ५४८ जनामा संक्रमण भएको छ । त्यहाँ २८ हजार ७३४ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ६९ हजार ४६२ जनामा संक्रमण भएको छ । २५ हजार २०१ जनाको मृत्यु भएको छ भने ५१ हजार ३७१ जना निको भएका छन् ।
जर्मनीमा १ लाख ६६ हजार १५२ जनामा संक्रमण देखिएको छ । ६ हजार ९९३ जनाको मृत्यु भएको छ भने १ लाख ३५ हजार १०० जना निको भईसकेका छन् ।
भारतमा ४६ हजार ४७६ जनामा संक्रमण भएको छ । अहिलेसम्म १ हजार ५७१ जनाको मृत्यु भएको छ भने १२ हजार ८४९ जना निको भईसकेका छन् ।
पाकिस्तानमा २१ हजार ७७२ जनामा संक्रमण भएको छ । ४८६ जनाको मृत्यु भएको छ भने ५ हजार ७८२ जना निको भएका वल्र्डओमिटर्स डट इन्फोको लेखेको छ ।

Facebook Comments