विश्व-२९ लाख २१ हजार २०१ संक्रमित, ८ लाख ३६ हजार ९७० निको, २ लाख ३,२८९ को मृत्यु

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १४

विश्वभर कोरोनाभाइरसबाट संक्रमति भएकाहरुको संख्या आईतवार बिहानसम्म २९ लाख २१ २०१ पुगेको छ । २ लाख ३ हजार २८९ जनाको मृत्यु भईसकेको छ भने अहिलेसम्म ८ लााख ३६ हजार ९७० जना निको भईसकेका छन् ।

विश्वभर १८ लाख ८० हजार ९४२ वटा संक्रिय संक्रमणका केस रहेका छन् भने ति मध्यमा ५७ हजार ८६३ जनाको अवस्था गम्भिर रहेको छ भने १८ लाख २३ हजार ७९ जनाको अवस्था सामान्य रहेको छ ।

संयुक्त राज्य अमेरिका विश्वमै सबैभन्दा वढि कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । त्यहाँ ९ लाख ६० हजार ८९६ जनामा संक्रमण भएको छ । ५४ हजार २६५ जनाको मृत्यु भएको छ भने १ लाख १८ हजार १६२ जना निको भएका छन् । अमेरिकामा अहिलेसम्म ५२ लाख ७९ हजार २३७ जनाको परिक्षण गरिएको छ ।

स्पेनमा २ लाख २३ हजार ७५९ जनामा संक्रमण भएको छ भने २२ हजार ९०२ जनाको मृत्यु भएको छ । इटालीमा १ लाख ९५ हजार ३५१ जनामा संक्रमण देखिएको छ भने २६ हजार ३८४ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ५९ हजार ८२८ जनामा संक्रमण देखिएको छ भने २२ हजार २४५ जनाको भएका छन् । जर्मनीमा १ लाख ५६ हजार ५१३ मानिस संक्रमित भइका छन् । ५ हजार ८७७ जनाको मृत्यु भएको छ ।
बेलायतमा १ लाख ४८ हजार ३७७ जनामा संक्रमण भएको छ भने २० हजार ३१९ जनाको मृत्यु भएको छ । टर्किमा १ लाख ७ हजार ७७३ जना संक्रमति भएका छन् भने २ हजार ७०६ जनाको मृत्यु भएको छ । इरानमा ८९ हजार ३२८ जना संक्रमति भएका छन् भने ५ हजार ६५० जनाको मृत्यु भएको छ ।
रसियामा ७४ हजार ५८८ जना संक्रमति भएका छन् भने ६८१ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५९ हजार ३२४ जनामा संक्रमण देखिएको छ भने ४ हजार ५७ जनाको मृत्यु भएको छ । क्यानाडामा ४५ हजार ३५४ मा संक्रमण भएको छ भने २ हजार ४६५ को मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमण भएका विश्वका २१० देश मध्य आजसम्म ४ देश ग्रीन जोन अर्थात कोरोनाभाइरस मुक्त भएको हरियो सूचिमा रहेका छन् । यमनमा १ जनामा संक्रमण देखिएकोमा विरामी निको भईसकेका छन् । दक्षिण वर्थमा ६ जनामा संक्रमण भएकोमा ६ जना नै निको भईसकेका छन् । ग्रिनल्याण्डमा ११ जनामा संक्रमण भएकोमा ११ जना नै निको भएका छन् भने सेन्ट लुसियामा १५ जनामा संक्रमण देखिएकोमा १५ जना नै निको भएका छन् ।

Facebook Comments