विश्वका २१३ देश मध्य १६ देश कोरोना मुक्त, ग्रीन जोनमा फर्किए

आरजू विष्ट सल्यानी/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १२

कोरोनाभाइरस फैलिएका विश्वका २१३ देश मध्य १६ देश कोरोना मुक्त भएर ग्रीन जोनमा फर्किएका छन् । १६ वटै देशका कोरोनाभाइरसबाट संक्रमति भएकाहरु सबैजना निको भएका छन् । त्यहाँ कुनै मानविय क्षेती भएको छैन ।

  • फारो टापु :फारो टापुमा १८७ जनामा संक्रमण भएकोमा सबैजना निको भएर सामान्य जीवनमा फर्किएका छन् ।
  • फ्रेन्च पोलिनेसिया :फ्रेन्च पोलिनेसियामा ६० जनामा संक्रमण भएकोमा सबैजना निको भएका छन् ।
  • मकाउ : मकाउमा ४५ जनामा संक्रमण भएकोमा सबै निको भएका छन् ।
  • इरिट्रिया :इरिट्रियामा ३९ जनामा संक्रमण भएकोमा सबैजना निको भएका छन् ।
  • टीमोर लेष्टे :टिमोार लेष्टेमा २४ जनामा संक्रमण भएकोमा सबैजना निको भएका छन् ।
  • न्यू क्यालेडोनिया :न्यू क्यालेडोनियामा १८ जनामा संक्रमण भएकोमा सबैजना निको भएका छन् ।
  • सेन्ट लुसिया : सेन्ट लुसियामा १८ जनामा संक्रमण भएकोमा सबैजना निको भएका छन् ।
  • डोमिनिका :डोमिनिकामा १६ जनामा संक्रमण देखिएकामा सबैजना निको भएका छन् ।
  • सेन्ट किट्स एण्ड नेविज :सेन्ट किट्स एण्ड नेविजमा १५ जना संक्रमण भएकोमा सबै निको भएका छन् ।
  • फकल्याण्ड आईल्याण्ड्स :फकल्याण्ड आईल्याण्ड्समा १३ जनामा संक्रमण भएकोमा १३ जना निको भएका छन् ।
  • सेशेल्स :सेशेल्समा ११ जनामा संक्रमण देखिएकोमा सबैजना निको भएका छन् ।
  • पुपवा न्यू गिनि :पपुवा न्यू गिनिमा ८ जनामा संक्रमण भएकोमा सबै निको भएका छन् ।
  • क्यारिबियन नेदरल्याण्ड्स :क्यारिबियन नेदरल्याण्ड्समा ६ जनामा संक्रमण भएकोमा ६ जना नै निको भएका छन् ।
  • सेन्ट वर्थ :सेन्ट वर्थमा ६ जनामा संक्रमण भएकोमा सबै निको भएका छन् ।
  • एंगुलिया :एंगुलियामा ३ जना संक्रमितमा सबै निको भएका छन् । र
  • सेन्ट पियरे मिकेलन : सेन्ट पियरे मिकेलनमा १ जनामा संक्रमण भएकोमा उनि निको भएका छन् ।
Facebook Comments