विराटनगर टाइटन्स ३६ रनले पराजित,काठमाडौंले प्ले अफ खेल्ने सम्भावना जिवित

सन्देश श्रेष्ठ, पोखरा, पुष ५-काठमाडौं गोल्डेन्स वारियरले प्ले अफ खेल्ने सम्भावना जिवित राखेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गर्दै काठमाडौंले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट लिगमा प्ले अफ खेल्ने सम्भावना जिवित राखेको हो । ४ खेल खेलेको काठमाडौंले २ मा जित र २ मा हार बेहोर्दै ४ अंक बनाएर अंक तालिकाको दोश्रो स्थानमा छ । एक खेल कम खेलेको चितवन राइनोज शतप्रतिशत जितेर ६ अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ भने बुटवल ब्लास्टर ४ अंक सहित तेश्रो स्थानमा छ । काठमाडौं र बुटवलको समान अंक भएपनि नेट रन रेटको आधारमा बुटवल पछि पर्दा काठमाडौं दोश्रो स्थानमा रहेको हो । यद्वपी बुटवलले ३ खेलमात्रै खेलेको छ ।

शनिबारको खेलमा काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षेतिमा १५९ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा सिमित भएपछि काठमाडौं बिजयी भयो । ४१ रन बनाउँदा ६ विकेट गुमाएको विराटनगरका लागि पुनित मेहरा र नोमन खानले ईनिङ उकासे । उनीहरुले ७९ रनको साझेदारी गर्दै विराटनगरलाई सम्मानजनक स्कोरतर्फ डोहो¥याए । मेहराले ५३ रन बनाए । ३१ बल सामना गरेका उनले ३ छक्का र ४ चौका हिर्काए । नोमन खानले २५ रन बनाए । त्यस्तै प्रदीप ऐरीले २९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । विराटनगरका मोहम्मद जाहिद अलाम, सुनिल धमला, राजु रिजाल र किशोर महतोले १÷१ रन बनाए भने जितेन्द्र मुखिया र राजेश पुलामी मगरले २÷२ रन बनाए ।

बलिङतर्फ सुबोध भाटीले ३, अमर रौटेला र वसन्त रेग्मीले २÷२, अमृत भट्टराई र सुशन भारीले १÷१ विकेट लिए ।

यसअघी काठमाडौंले पूरै ओभर खेलेर ५ विकेटको क्षेतिमा १५९ रन बनाएको थियो । विना रन विदेशी खेलाडी गौतम तोमर पेभेलियन फर्केपछि दवाबमा परेको काठमाडौंको ईनिङ कप्तान ज्ञानेन्द्र मल्ल र जयकृषन कोल्सावालाले उकासेका थिए । मल्ल र कोल्सावालाले ६६ रनको साझेदारी गरे । कोल्सावालाले ४३ बलमा ५५ रनको अर्धसतकीय पारी खेले भने कप्तान मल्लले ३३ बलमा ४५ रनको विष्फोटक पारी खेले । त्यस्तै, अमित श्रेष्ठले १५, आदी खानले १३, पवन सराफले अविजित ५ र सुबोध भाटीले अविजित १४ रनको योगदान दिए ।

बलिङतर्फ विराटनगरका पुनित मेहराले २ तथा जितेन्द्र मुखिया, नोमन खान र किशोर महतोले १÷१ विकेट लिए ।

शनिबारको खेलमा काठमाडौं गोल्डेन्सका जयकृषन कोल्सावाला प्लेयर अफ दी म्याच घोषित भए । उनलाई नेपाल टेलिकमको तर्फबाट नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो । म्यान अफ दी म्याच घोषित कोल्सावालाले ४३ बलमा ५५ रन बनाउँदा २ छक्का र ५ चौका हिर्काएका थिए

प्रतियोगिता अन्तर्गत आइतबार २ खेल हुनेछन् । आइतबारको पहिलो खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने दिउँसो बुटवल ब्लास्टर र धनगडी ब्लुज आमनेसामने हुनेछन् ।

Facebook Comments