विप्लव नेकपा कास्कीका नेता लम्साल सत्तारुढ नेकपामा प्रवेश

पोखरा,२४ कात्तिक । नेत्रविक्रम चन्द(विप्लव) नेकपा कास्कीका एक नेता सो पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । शनिबार विहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग पोखरामा भेट गरेका उनले भोलिपल्ट विज्ञप्ती मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले लम्साललाई खादा लगाएर स्वागत गरेका थिए । शुरुआतदेखीनै विप्लवको पार्टीमा आवद्ध भएर कास्की जिल्ला कमिटि सदस्य तथा युवा सङ्गठनको विभिन्न जिम्मेवारीमा रहेका माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोक घर भएका भगवती प्रसाद लम्साल(राजेश) ले आज प्रेस विज्ञप्ती जारी गरी सो पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको जनाएका छन् ।

विप्लव नेकपाबाट देश र जनताको परिर्वतन सम्भव नरहेकाले पार्टी छाडेको बताउँदै लम्सालले शान्तिपूर्ण राजनीतिक गतिविधिका माध्यमबाट जनताको सेवाका लागि सत्तारुढ नेकपा रोजेको विज्ञप्तीमा उल्लेख छ । लम्सालले पार्टीले सुम्पिएको जिम्मेवारीलाई शान्तिपूर्ण राजनीतिका माध्यमबाट पूरा गर्दै संगठन विस्तार तथा सामाजिक कार्यमा अवका दिनमा क्रियाशिल रहने प्रतिवद्धता जनाएका छन् ।

Facebook Comments