विपद व्यवस्थापनको परम्परागत शैलीमा आमूल परिवर्तन ल्याउनु पर्छ : मन्त्री चुमान, कास्कीमा विपद व्यवस्थापन सप्ताह २०७६ शुरु

आरजू विष्ट सल्यानी
पोखरा, असोज २६

गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले बिपद व्यवस्थापनका क्षेत्रमा रहिरहेको परम्परागत शैलीलाई बदल्न जरुरी रहको बताउनु भएको छ । हामी पुरानै परम्परामा रहिरहेका छौं, गर्न त गरिरहेका छौं, नगरेको भन्ने होईन तर आपतबिपद परिसकेपछि उद्धार तथा राहत व्यवस्थापनका काम भन्दा आमूल परिवर्तनका कुरामा जोड दिनुभयो ।

photo:Aarju

गण्डकी प्रदेशको आव्हानमा नेपाल रेडक्रस सोसाईटी कास्की, विभिन्न गैह्र सरकारी संस्था, तीनवटै सुरक्षा निकाय, विपदसंग सरोकार राख्ने सरोकारवालहरुसहित जिल्ला बिपद व्यवस्थापन समिति कास्कीको आयोजनामा आजबाट शुरु भएको बिपद व्यवस्थापन सप्ताह कार्यक्रमलाई संवोधन गर्दै चुमानले अब बिपद व्यवस्थापनका लागि दीर्घकालिन योजना बनाएर जानुपर्ने आवस्यकक्ता औंल्याउनु भयो ।

“अत्यावस्यक पूर्वाधारमा विपदबाट हुने क्षेती घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔ”ं नाराकासाथ मनाईएको अन्तराष्ट्रिय बिपद व्यवस्थापन दीवशको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री चुमानल भन्नुभयो ः“सबैभन्दा वढि स्थानिय सरकार क्रियाशिल हुनुपर्छ, हामी जोखिम क्षेत्रमा छौं, कहाँ के कस्ता विपद निम्त्याउन सक्ने क्षेत्र छन् तिनिहरुको पहिचान गर्न र पूर्व तयारीका काम गर्न स्थानिय निकायलाई सजिलो हुन्छ, त्यसतर्र्फ ध्यान दिनुपर्छ ।”

हामीले बिपद कहिले आउला र व्यवसथापनमा जाऔंला भन्ने होईन, बिपद कुनैपनि बेला पर्न सक्छ, त्यसको लागि पहिले नै पूर्वाधार विकास गर्ने, पूर्व तयारीका कार्यक्रम गरेर जानुपर्छ, उहाँले भन्नुभयो ः“केन्द्र सरकारले पनि विपद व्यवस्थापन, पूर्व तयारीका लागि पर्याप्त वजेट बनाउनु पर्यो, प्रदेश सरकारले पनि छुट्याएको छ तर गुणात्मक बनाउने सोंचमा छौं ।”

मन्त्री चुमानले सरकारले वाढी पहिरोको क्षेती हुने ठाउँको पहिचान, पूर्व सूचना प्रणाली चुस्त पार्ने काममा ध्यान दिएको बताउनु भयो । “हामी सबैले सहकार्य गरेर जाऔं, विपद व्यवस्थापन गर्ने जिम्मा सबैको साझा हो, त्यसैले आमूल परिवर्तनकारी योजना बनाउन नयाँ सोंचको विकास गरौं ।” मन्त्री चुमानले आग्रह गर्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केशीले विपद व्यवस्थापनको लागि तीनवटा महत्वपूर्ण आयामलाई ख्याल गर्नुपर्ने बताउनु भयो । हामीले कहिले विपद पर्ला र उद्धार, खोज तथा व्यवस्थापन गरौंला भनेर बस्ने होईन, त्यसका लागि विपद नपर्दै पहिले नै बच्न, बचाउन, जोगिन सक्ने उपाएका बारेमा पूर्व तयारीका काम गर्नुपर्छ ।

प्रजिअ केशीले भन्नुभयो ः“पूर्व तयारी, आईपरेको खण्डमा उद्धार र खोजको लागि तदारुकता र विपद कम गराउने पूर्व तयारी गर्नुपर्यो ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्ककीका उत्थानशिल नगर प्रवर्धन र सहभागिता, स्योर कायक्रमका संयोजक दीवार सुवेदीले विपद व्यवस्थापनका बारेमा प्रस्तुति दिनुभएको थियो । त्यस अवसरमा उहाँले गाउँ भन्दा शहर, नगरपालिका, महानगरपालिका वढि जोखिममा रहेकोले स्योर कार्यक्रम महानगर केन्द्रीत भएको बताउनु भयो ।

स्मरण, रहोस् बितेका १० वर्षमा विपदको कारण विश्वमा ७ लाख मानिसको ज्यान गएको, १४ लाख घाईते भएका, २ करोड ३० लाख मानिस घरबारबिहिन भएका र १५ करोड मानिस विपदको जोखिममा परेको तथ्यांक छ । वर्ष २०१५ र २०१६ मा १ खर्ब वढि रकम यस क्षेत्रमा खर्च भएको छ ।

यसअघि, बिहान पोखराको सिर्जनाचोकबाट शहीदचोकसम्म प्रभारी फेरीको आयोजना गरिएको
थियो । प्रभातफेरीमा रेडक्रसकर्मि, गैह्र सरकारी संस्था, नेपाली सेना, शसस्त्र प्रहरी वल, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधहरुको सहभागिता थियो ।

Facebook Comments