विद्या भट्टराई बलियो उम्मेदवार हो : नेकपा चुनावि कमाण्डर गुरुङ(video)

आरजू/पोखरा, कात्तिक २७

नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य, कास्की इन्चार्ज तथा निर्वाचन परिचालन कमिटिका मूल कमाण्डर राजकाजि गुरुङ करणले आफुहरु चुनावि अभियान लिएर जनताको घरदैलोमा गर्नमा व्यस्त रहेको बताउनु भएको छ ।

by:aarju

फरक किसिमको प्रचार अभियान चलिरहेको छ, उहाँले भन्नुभयो :“एउटा उम्मेदवार सहतिको टोलीले प्रचार गरिरहेको छ भने अर्को वडा र टोलमा टोल कमिटिहरुले प्रचारात्मक घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । हामीसंग बिगतको जनमत छ, जित्ने आधारहरु छन्, विद्या भट्टराई बलियो उम्मेदवार हो, बिगतको पृष्ठभूमि राजनीतिसंग गाँसिएको र प्राध्यापन क्षेत्रमा रहँदा पनि उहाँले राजनीतिलाई बुझ्ने कुरामा अगाडी नै हुनुहुन्थ्यो, त्यसकारणले हामीले जित्नेमा कुनै शंका छैन ।

आज रेडियो अन्नपूर्णको छलफलमूलक कार्यक्रम आजको वैठकमा सहकर्मि दीपेन्द्र श्रेष्ठसंग कुरा गर्दै उहाँले मतदान केन्द्र र टोल टोलमा पुगिसकेपछि अबको क्रममा घरघरमा पुग्ने योजना रहेको बताउनु भयो । हामी ११ वटा वडामा पुगिसेका छौं, उहाँले भन्नुभयो :“कात्तिकको अन्तिमसम्मको पहिलो चरणको प्रचारलाई टोलहरुमा पुर्याई सक्ने र मंसिर १ बाट मतदाताको घरमा पुग्छौं ।” मंसिर ७ गते चुनावि सभा र ७ गतेपछि तेश्रो चरण अन्र्तगतको प्रचार शुरु गर्ने बताउनु भयो ।

दुई ठूला पार्टी मिलेर एक भएको नेकपा के तन, मन मिलाएर चुनावमा होमिएको छ ? भन्ने प्रश्नमा नेता गुरुङले दुई पार्टी मिलेर एक भएपछि टिम स्प्रिट एउटै भएर मैदानमा उत्रिएको र आफुहरुबिचमा आशंका गर्नुपर्ने खालि ठाउँ कतैपनि नभएको बताउनु भयो ।

बहुमतको सरकार उस्ले गरेका प्रतिवद्धा अनुसार चल्न नसकेको साँचो हो, नेता गुरुङले भन्नु्भयो :“कतिपय सरकारसंग जोडिएका सवालहरु छन्, हामीले इमानदार भएर काम गरिरहेका छौं, लामो समयदेखि नेपालको अर्थतन्त्र बिग्रिदै आएकोे छ, सरकार बनेको दुई वर्षमै सबै गर्न सकिने अवस्था पनि हुँदैन, तर मेहनत गरिरहेका छौं, पूर्वाधारको क्षेत्रमा काम गर्ने शैली पूरानो छ, त्यो अभ्यासबाट मुक्त हुनुपर्छ ।” कतिपय अवस्थामा जनताले सरकारको मेहनतलाई सकारात्मक रुपले हेरिरहेको पनि बताउनु भयो ।

सरकारले जतिपनि काम गरिरहेको छ, दुःख लाग्ने कुरा त्यसलाई जनतामा राम्रोसंग पुर्याउन कमजोरी भएको छ । हामीलाई हाम्रै कामले शिक्षा पनि दिईरहेको बताउँदै गुरुङले यो निर्वाचन मिनि जनमत संग्रह जस्तो भएकोले जनताको निरासालाई चिर्न संमृद्धिलाई अगाडी वढाएका छौं र त्यो लक्ष्य पूरा गर्न चुनाव महत्वपूर्ण भएको बताउनु भयो ।

नेता गुरुङले निर्वाचनलाई बिगतकै एजेण्डामा आधारीत र निरन्तरता भएकाले आर्थिक संमृद्धिको विकासबाट समाजवादको लक्ष्य हाँसिल गर्नेमा शंका नभएको बताउनु भयो ।

Facebook Comments