विद्यार्थी प्रदर्शन :गो ब्याक इन्डिया

काठमाडौं, कात्तिक २२-भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन्।  शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावास जाने सडक अगाडि प्रदर्शन गरेका हुन्।

उनीहरुले राष्ट्रिय झण्डा बोकेर भारतीय विस्तारवाद मुर्दाबाद, गो ब्याक इन्डिया, ब्याक अफ इन्डिया, कालापानी हाम्रो, लिपुलेक हाम्रो हो जस्ता नारा लगाए ।

Facebook Comments