वरिष्ठ पत्रकार गुरुवाचार्यको निधन

काठमाडौं ०६ मङ्सिर । वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको शुक्रबार बिहान निधन भएको छ। लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको शुक्रबार थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो।

गुरुवाचार्यले अन्तर्राष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस एपी को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष काम गरेका थिए। उनले जापानको ‘माइनिची सिम्बुन’ दैनिक पत्रिकामासमेत नेपालस्थित प्रतिनिधि बनेर काम गरेका थिए। उनले नेपालबाट हिमाललाई विश्व समुदायमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनकै अगुवाइमा नेपाल वातावरण पत्रकार समूह गठन भएको हो।

फोटो: पत्रकार विनय गुरुवाचार्य

गुरुवाचार्यले अमेरिकाको इन्डियाना युनिर्भसीटी, ब्लुमिङ्टनबाट पत्रकारितामा स्नातकोत्तर गरेका थिए। उनको शनिबार अन्त्येष्टि हुनेछ। स्व गुरुवाचार्यका श्रीमती, छोरी र छोरा छन्। उनका छोरा विनाज पनि पत्रकारितामा सक्रिय छन्। अन्नपूर्ण

Facebook Comments