वडा नम्वर १७ मेलमिलाप केन्द्र स्थापना विवाद समाधानको उत्तम उपाय मेलमिलाप :उपप्रमुख गुरुङ


पोखरा ५ फागुन ।

पोखरा महागनरपालिका वडा नम्वर १७ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् ।

केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताइन् । उनले मुद्धा मार्मिलाले समाजमा अशान्तिको वातावरण सृजना हुने भएकाले वडा तहका विवाद मेलमिलाप मार्फत समाधान गर्दा समाजमा सद्भाव कार्यम हुने उपप्रमुख गुरुङले बताइन् । अदातली प्रक्रियामा झन्झटिलो र आर्थिक बोझ पर्ने भएकाले वडा तहबाटै विवादको समाधान गर्न मेलमिलापक केन्द्रको स्थापना गरिएको बताइन् । उनले संविधानले स्थानीय तहमा न्यायपालिकाको रुपमा न्यायिक समितिको व्यवस्थाले नागरिकलाई सहज हुने बताइन् ।

उनले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराएकी थिइन् । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे स्पष्ट पारिन् । न्यायिक समिति सदस्य पार्वती कार्कीले मेलमिलापकर्ताले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेकपा वडा नम्वर १७ का अध्यक्ष सुभाष ढुङगानाले राजनीतिक परिर्वतनपछि जनताले परिर्वतनको अनुभुतिको आभाष पाउने गरी काम गर्न आग्रह गरे । उनले स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै विकास निर्माणका काम भएको बताउदै न्यायिक समिति गठनसंगै विवाद समाधानमा सहज हुने बताए । नेपाली काँग्रेस वडा नम्वर १७ का सचिव डिआर भटराईले सवैलाई समान व्यवहार गदै विवाद समाधान गर्न सुझाव दिए । मेलमिलापकर्ता सविता भण्डारी सुवेदीले निष्पक्ष भएर विवाद समाधानमा भुमिका खेल्ने बताइन् ।

वडा अध्यक्ष तीर्थराज अधिकारीले जनताले विश्वास गरेर निर्वाचित गरेको बताउदै कसैलाई भेदभाव नगरी सवैको साथ र सहयोग लिएर अगाडी बढने बताए । वडा अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगरका कानुन अधिकृत राममणी अधिकारीले गरेका थिए ।
तस्विर पनि छ ।

Facebook Comments