वडा नं.३३ मा ई.धर्मराज गुरुङको घरदैलो मतदाताहरुको गुनासोः गाँउहरु नै विभेदमा

पोखरा, ४ मंसिर । समाजवादी पार्टीका उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङ चुनावी प्रचार प्रसारसँगै घरदैलो तथा मतदाता भेटघाट अभियानमा गाँउ गाँउका मतदाताले गुनासोहरु गरेका छन्। उनीहरुले वडा नं.३३ मा राजनीतिक पहुँच नभएको गाँउ टोलहरु विभेदमा परेको गुनासो गरेका हुन।

उम्मेदवार गुरुङ बुधवार वडा नं. ३३ को मालागिरी, भोटेपोखरी, बरपौवा, देउराली, डाँडागाँउ, भर्तीपोखरा, सुरताने, चिसापानी, जिब्रेढुंगा, भगवती चौतारा लगायतका गाँउहरुमा घरदैलोको क्रममा मतदाताहरुले भरतपोखरी राजनितिक नेता भएको, योजनाहरु गएको क्षेत्र भएको अन्यले सोचें पनि कार्यकर्ता, नेताका गाँउहरु र अन्य गाँउहरुमा बजेट वितरण अर्थात विकास योजनाहरुमा विभेद गरिएको बताएका हुन।असल र इमान्दार नेता, विभेदमा पारिएकोहरुको मर्म बुझ्ने जनप्रतिनीधिबाट मात्रै पिछडिएको क्षेत्रको विकास हुने अपेक्षा स्थानीयको छ।

भोटेपोखरीस्थित कण्ठदेवी टोल विकास समितिका अध्यक्ष गोकुलकुमार मल्लले आफ्नालाई विकास दिने राजनितिले भोटेपोखरी माथि विभेद, अन्याय भएको उहाँको भनाई थियो।योजना र बजेट आफुहरुले अरु गाँउहरु झै नपाउदा वडा नं. ३३ कै दुर्गम बनाएको उहाँको दुखेसो थियो। अब भ्रष्ट होइन विकास गर्ने इमान्दार जनप्रतिनिधि जरुरीरहेको उहाँको भनाई थियो।

यसरी नै नेपाल मगर संघ बरपौवा इकाई समितिका अध्यक्ष लोकबहादुर थापाले शासनहरु फेरिए पनि, जति नेताहरु चुनेर पठाए पनि बरपौवाले परिवर्तनको महसुस गर्न नपाएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, अरु धेरै कुरामा विभेद त छदै थियो विकासमा पनि बरपौवा माथि विभेद भयो भन्दै समाजवादीका उम्मेदवार धर्मराज गुरुङ भरोसा योग्य उम्मेदवार भएकाले आफुहरुको साथ रहने बताउनुभयो।

बुधवार मालागिरी, भोटेपाखरी, बरपौवा लगायतका गाँउहरुमा उम्मेदवार ई.धर्मराज गुरुङलाई फूलमाला, अबिरले स्वागत सम्मान गरिएको थियो भने चुनावी कोणसभाहरु पनि सम्पन्न भएका थिए।

समाजवादी तामाङ संघ कास्की संयोजकमा थिङ ईञ्जिनियर धर्मराज गुरुङलाई जिताउन तामाङहरु जुट्ने

बैकल्पिक राजनितिक शक्तिको दावी गर्दै आइरहेको समाजवादी पार्टीमा आस्थावान कस्केली तामाङ अगुवानहरुको भेलाले समाजवादी तामाङ संघ कास्कीको जिल्ला भेला आयोजक समितिको संयोजकमा केसबहादुर थिङलाई चयन गरेको छ। थिङको संयोजकत्वमा १५ सदस्यीय भेला आयोजक समिति गठन गरिएको हो।

भेलाले मंसिर २१ गते समाजवादी तामाङहरुको जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको समाजवादी पार्टी गण्डकी प्रदेस कार्यालय सचिव दिनेस पौडेलले जानकारी दिनुभयो।

यसरी नै भेलाले कास्की क्षेत्र नं.२ प्रतिनिधिसभा उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार ई. धर्मराज गुरुङगलाई विजयी गराउन कस्केली तामाङहरु चुनावी अभियानमा जुट्ने निर्णय गरेको बताइएको छ।

भेलामा समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम गण्डकी प्रदेश सह ईञ्चार्ज, नेपाल तामाङ घेदुङको पुर्वअध्यक्ष धनप्रसाद तामाङ, पार्टीका केन्द्रीय सदस्य एवम नेपाल तामाङ घेदुङको पुर्व कार्यवाहक अध्यक्ष कुम बहादुर तामाङ, पार्टीका प्रदेश उपाध्यक्ष एवम नेपाल तामाङ घेदुङको प्रदेश नं.४का अध्यक्ष दिपक वाईबाले समाजवादी तामाङ संघको आवाश्यकता र उद्धेश्यहरुको बारेमा विचार व्यक्त गर्नुभएको थियो।

पोखरा १६ मध्यमपथमा समाजवादी पार्टी सम्पर्क कार्यालय उद्घाटन

समाजवादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङको चुनाव प्रचार प्रसारको अभियानसँगै बुधवार पोखरा १६ मध्यम पथमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।कार्यालयको समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम गण्डकी प्रदेश ईञ्चार्ज गणेशमान गुरुङले उद्घाटन गर्नुभएको हो।

समान र सम्मान, सुशासन, समृद्ध एवम समन्नुत समाजवाद स्थापनाका लागि इमान्दार, कर्मठ उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङ हात चिन्हमा मतदान गर्न गराउन सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभयो। पुराना सत्ता र नेताले जनता र मुलुकलाई सधै धोका दिदै आइरहेकाले अब बैकल्पिक राजनीतिक शक्ति र इमान्दार प्रतिनिधिको रुपमा धर्मराज गुरुङको विकल्प नभएको उहाँको दावी थियो।

स्थानिय समाजसेवी समिर थापाले धेरै नेता र पार्टीलाई नजिकबाट हे¥यौं, साथ सहयोग गरे पनि मुलुक र जनताका लागि सोच्ने कोही नभएकाले अहिलेका उम्मेदवार मध्ये इमान्दार इञ्जिनियर गुरुङ नै भएकाले उहाँलाई जिताउन जुट्ने बताउनुभयो।

ठागु गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङ, सहसंयोजक टिकाराम पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। यस अघि वडा नं. १६ कै दिपमा वडा निर्वाचन परिचालन कार्यालय स्थापना गरी चुनावी अभियानलाई तिव्रता दिइरहेको छ।

Facebook Comments