वडा नं १७ का बासिन्दा:“पोखरा दौडिन्छ, १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउँछौं ।”

आरजू/अनलाईनअन्नपूर्ण/पोखरा, माघ २८

१४ औं सफल पोखरा म्याराथन २०७६ का लागि प्रचारात्मक भेटघाट तथा छलफल मंगलवार पोखरा वडा नं १७ मा गरियो । कार्यक्रममा सहभागिले म्याराथनलाई सघाउन आफुहरु तयारीमा रहेको बताए । उनिहरुले भने :“अब पोखरा दौडिन्छ, किनभने यो हाम्रो कार्यक्रम हो ।”
वडा नं १७ पुग्दा मित्रबन्धु टोलमा बस्ने सुवेदार चित्र पौडेलले २०४८ सालको त्यो तेश्रो स्थानलाई सम्झिनु भयो । नेपाल आर्मिमा २८ पर्ष सेवा गरेपछि अहिले सामाजिक संघ, संस्थामा रहेर काममा व्यस्त रहनु भएको छ । तर उहाँको खुट्टा मर्किएर यो पालि दौडमा सहभागि हुन नपाए पनि सघाउने सोंच बनाउनु भएको रहेछ ।
भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ३ गते पोखरामा आयोजना गर्न लागेको १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सघाउन सिद्धार्थ नमूना दिदि बहिनी समूहका अध्यक्ष दुर्गादेवी वरालले टोलका दिदि बिहिनीलाई सडक किनारमा ल्याएर खेलाडीको हौसला वढाउने बताउनु भयो ।
पूर्व ब्रिटिश आर्मि पूरानो गाउँ भुम्दि भएका योगेश गुरुङ विरौटाचोकमा बस्नु हुन्छ । म्याराथनलाई सघाउन वेलायतबाट पोखरा आउनु भएको छ । म्याराथनलाई सघाउनु त छदैंछ, म एउटा विशेष सोंचकासाथ आएको छु । म आफैं पनि दौदिछु उहाँले भन्नुभयो :“मेरो दौडको उदेश्य हो, १६ वर्ष मुनिका वालवालिकाको लागि च्यारीटि रन ।” भविष्यमा कोषबाट पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुरस्कार पराम्परा बसाउने छौं ।”
वालदेव टोल विकास संस्थाका सचिव तथा संकल्प आमा समूहका उपाध्यक्ष सविता भण्डारी सुवेदीले आफु पनि दौडमा भाग लिने र अरुलाई पनि दौडमा सहभागिताका लागि प्रोत्साहन गर्ने बताउनु भयो ।
छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थापाले हौसिएर भन्नुभयो :“म्याराथनको लागि पोखरा अब दौडिने तयारीमा रहेको छ ।”
शिक्षक अविभावक संघका अध्यक्ष रविलाल शर्माले प्रतियोगितालाई सहयोग गर्न आफ्नो टोल विकास संस्था र विद्यालयको तर्फबाट सहयोग पुर्याउने बताउनु भयो ।
माया पौडेल सिद्धार्थ राजमार्ग टोल विकास संस्थामा सचिव हुनुहुन्छ । उहाँको समूह व्यानरसहित उपस्थित हुने भएको छ ।
वडा सदस्य शान्तादेवी गुरुङले वडाको तर्फबाट घर घरमा पुगेर सबै तह तप्कालाई खबर गर्ने र भव्य र सभ्य बनाउन लागिरहेको बताउनु भयो ।
पोखरा वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारीले म्याराथन देशको लागि गरिमाको विषय भएकोले हामीले पनि आफ्नै सम्झेर अपनत्व ग्रहण गर्नुपर्ने बताउँदै सबै सडकमा पुगेर फागुन ३ गते खेलाडीलाई स्वागत गरिदिन अनुरोध गर्नुभयो ।
मंगलवार वडा नं १७ को कार्यालय विरौटामा आयोजना गरिएको छलफलको सहजिकरण भूतपूर्व खेलाडी तथा पोखरेली मञ्च यूकेका सल्लाहकार महेश गुरुङले गर्नुभएको थियो ।

Facebook Comments