वडाध्यक्ष प्रजुद्वारा मालती/प्रदीपकि छोरीको नाम करुणा नामाकरण, सुत्केरी खर्च नगद तथा आवस्यक सामग्री प्रदान

आरजू/अनलाइनअन्नपूर्ण-पोखरा, वैशाख ०८

घरमा करुणा को हुनुहुन्छ ? बज्यै, बाबा, आमा खोई, को हुनुहुन्छ भित्र ? बाहिर आनुस् त ? यति भन्दै गर्दा करुणाकि हजुर आमा तीन दिन अघि जन्मिएकि नातीनि काखमा लिएर ढोकानिर आईपुग्नु भयो ।

लकडाउनको कारण पोखरा तेर्सापट्टिमा सांगीतिक सामग्रीहरुको पसल मुक्ति म्यूजिक सेन्टर बितेको एक महिनादेखि बन्द रहेको छ । दैनिक गुजारा चलाउने आयश्रोत बन्द भएको अवस्थामा करुणाका बुबा प्रदीप राजपाललाई दोहोरो जिम्मेवारी छ । खानपानको व्यवस्थापन मिलाउने र अर्को सुत्केरी उम्काउने ।

लकडाउनको समयमा बाहिर निस्किन हुँदैन । नजाम अस्पातलले रीपोर्ट लिन बोलाएको, जाम सडकमा हिंड्दाको संकोच । हातमा अस्पतालको कागज पत्र समातेका प्रदीप आखिर मणिपालबाट रीपोर्ट ल्याएर ढोकानिरै आएर उभिनु भयो । सोहि बेलामा तीन दिने सुत्केरी करुणाकि आमा मालती राजपाल पनि घरको पेटीसम्म आउनु भयो ।

पोखरा वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजु, वडा सदस्य लक्ष्मी पराजुली, रविन कायस्थ, सवि परियार, जितेन्द्र कायस्थ, राम श्रेष्ठ, शिव श्रेष्ठ लगायतको टोली मालती राजपाल सुत्केरी भएको थाहा पाएपछि सुत्केरी खर्च लिएर मालती बसेको घरमा पुग्नु भएको थियो । प्रजुले मालतीको परिवारलाई ६ हजार नगद, सुत्केरी सामग्री वास्मती चामल, घ्यूँ, गरम मसला, ज्वानोको पोका हस्तान्तरण गर्नुभयो । सोहि अवसरमा शिव श्रेष्ठले २ हजार थपेर बच्चिलाई हेर्नुभयो ।

वडा नं ३ र वडाका समाजसेवीको टोली आफु बसेको घरमा आएर सुत्केरी खर्चपर्च जुटाएर सहयोग गरेकोमा मालती तथा प्रदीप राजपालको परिवारका सदस्यहरु खुसिले गद्गद् हुनुभएको थियो । उहाँहरुले भन्नुभयो :“वडाबाट आएर हामी विपन्न परिवारलाई सहयोग गर्नुभयो धन्यवाद बाहेक हामीसंग अरु के नै छ र । र घरबेटीले पनि घरभाडा छुट गरिदिनुभएको छ, हामीले त भगवान नै मानेका छौं ।”

बच्चिको नाम करुणा कसरी जुर्यो ?

त्यस अवसरमा वडाध्यक्ष प्रजुले केहि समस्या परेको खण्डमा आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । साथै उहाँले कोरोनाभाईरसको कहरमा बाँचिरहेको बेलामा तीन दिने बच्चिको नाम करुणा राखि दिन परिवारलाई प्रस्ताव गरेपछि मालती/प्रदीप राजपाल र अन्य सदस्यले बच्चिको कस्तो राम्रो नाम “करुणा” जुराई दिनुभयो यहि नाम नै राख्छौं भन्दै सहि थाप्नु भएको थियो ।

Facebook Comments