वडादशैं टीकाको दोश्रो दिन टीका लगाईदैं, टीका लगाउन जाने गन्तव्यतिर

अअ/पोखरा, असोज २२

वडादशैं टीकाको भोलि पल्ट आज पनि टीका लगाउने क्रम जारि रहेको छ । बिहानैदेखि टीका लगाउन जानेहरु आफ्नो गन्तव्यतिर लागेका छन् ।

समयको कारण टीकाको दिन टीका लगाउन जान नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ । असोजको २६ गते कोजाग्रत पूर्णिमा परेको छ ।

मान्यजनसंग टीका थापेर आर्सिवाद लिने, मिलन, पुर्नमिलनको पर्व पनि भएकोले यो पर्वले आपसि भाईचारा र सामाजिक सद्भाव एकताको काम गरेको छ ।

दशैंको अवसरमा पोखरा घुम्न आएका, टीका लगाउन आएकाहरु आज उपलव्ध भएका क्यू फ्रि बसको सेवाबाट सयौं यात्रुहरु पोखराबाट बाहिरीएका छन् ।

Facebook Comments