वडादशैं टीकाको तेश्रोे दिन टीका लगाईदैं

पोखरा, असोज २२

वडादशैं टीकाको तेश्रो दिन आज मानयजनबाट लगाउने क्रम जारि रहेको छ । समय अभावको कारण टीका लगाउन जान नभ्याएकाहरु बिहानैदेखि गन्तव्यतिर लागेका छन् ।

आजबाट सडकमा यातायातका साधनहरु अघिल्लो दिनका भन्दा केहि वढि छलेका देखिएका छन् भने बसमा, ट्याक्सिमा, मोटर साईकलमा सवार मानिसहरुले शीरमा, चुल्ठोमा जमरा घुसारेर आफ्नो गन्तव्यतिर लागेको देखिएको छ ।

टाढा टाढा आफन्तहरु भएकाहरुले दशैं टीको पाँचौ दिन कोजाग्रत पूर्णिमासम्म टीका लगाउन जाने प्रचलन रहेको छ । मान्यजनबाट टीका लगाउँदा सुख, शान्ति, संवृद्धि हुने विश्वास गरिन्छ ।

मान्यजनसंग टीका थापेर आर्सिवाद लिने, मिलन, पुर्नमिलनको पर्व पनि भएकोले यो पर्व आपसि भाईचारा र सामाजिक सद्भावको लागि महत्वपूर्ण मानिएको छ ।

Facebook Comments