लेगानेसमाथि बार्सिलोनाको संघर्षपूर्ण जीत

एजेन्सी ७ मंसिर । स्पेनिस फुटबल क्लब बार्सिलोनाले लेगानेसमाथि संघर्षपूर्ण जीत दर्ता गरेको छ ।

शनिवार भएको खेलमा बार्सिलोनाले लिग तालिकाको अन्तिममा रहेको क्लबमाथि २–१ को संघर्षपूर्ण जीत निकालेको हो ।

बार्सिलोनाको हारलाई भिडालले जोगाएका थिए । उनले ७९ औं मिनेटमा गोल गर्दै टीमलाई हारबाट जोगाएका थिए ।

खेलमा घरेलुटोलीका लागि १२ औं मिनेटमा इनन्यास्रीले गोल गरेका थिए ।

बार्सिलोनाका लागि स्वारेजले ५३ औं मिनेटमा बराबरी गोल गरेक थिए ।

जीतसँगै १३ खेलबाट २८ अंक जोड्दै बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियलले एक खेल कम खेल्दै २५ अंक जोडेको छ । खबरहब

Facebook Comments