लेखनाथ साना शहरी खानेपानी आयोजनामा चोरी लगायतका समस्याले ३५ प्रतिशत पानी हराउछ


दीननाथ बराल पोखरा ३०, भदौं
पोखराको लेखनाथ साना शहरी खानेपानी आयोजनामा चोरी, जथभावी रुपमा पाइप काटेर जडान नगर्दा लगायतका समस्याले गर्दा करिब एक तिहाई पानीको मात्र हराउने समस्या रहेको छ । पोखरा ३० को खुदि स्थित उक्त आयोजनामा अझै पनि केही ठुला भनौदाहरुले नै पानी चोर्ने, बेलाबेलामा वितरण प्रणालीको पाइप फुट्नु, वासआउट र फाएर हाइड्रेण्डबाट पानी खेर जानु, घरमा जडित धाराको स्याडल लिक हुनु, भल्व च्याम्बरबाट पानी लिकेज हुनुले गर्दा ३५ प्रतिशत जसो पानी हराउने गरेको संस्थाका अध्यक्ष बिष्णु प्रसाद बरालले बताए ।
त्यसै गरी खानेपानी मिटरमा हावाले उल्टो घुम्नु, पानी चुवाटको सूचना ढिलो प्राप्त हुनु, सचेतनाको कमी, प्राविधिक दक्ष जनशक्तिको अभाव हुनु, खानेपानी वितरणमा पाइप लिकेज हुनु, पानी मिटर जाम हुनु र समयमै जानकारी नहुनु, बल्क मिटर सही डाटा नदेखाउनुले खानेपानी हराएको उनले दाबी गरे । पानी हराउने अर्को समस्याको रुपमा भौतिक संरचना निर्माण गर्दा संस्थाले वितरण गरेको पानीका पाइप लाइनहरु काटिदिनु केही ठाँउमा सडक निर्माण गर्दा पुनः नबनाउनुले थप आर्थिक भार समेत हुने गरेको अध्यक्ष बरालले जनाए ।
२०६९÷०७० मा उक्त परियोजनामा पानी करिब एनआरडब्लु (पानी हराउने) ४६ प्रतिशत रहेकोमा २०७५÷०७६ मा ३० प्रतिशतमा झारेको उनले दाबी गरे । उक्त संस्थाको पानी उत्पादन क्षमता हाल दैनिक जसो ८ हजार ८ सय १७ घनमिटर रहेको छ भने दैनिक पानी ५ हजार ८ सय १७ घनमिटर खपत हुने गरेको संस्थाले जनाएको छ । श्रोतको व्याबस्थापन नहुनु, एककिृत बस्ती÷खानेपानी आयोजना, खानेपानी लिफ्टमा बिद्याुत महशुल, मापदण्ड कान्वयन समस्या, थाक खानेपानीलाई एकिकृत गर्नुपर्ने, यस संस्थाका उपभोक्ताहरुले वडाबाट सिफारिस लिदा रोक्का फुकुवा सिफारिस हुनुपर्ने, बोरीङ पानी सम्बन्धमा एनआर डब्लु र श्रोत र कर्मचारीको उपदान तथा सामाजिक सुरक्षा कोष स्थापन गर्नु पर्ने १० वटा हाल समस्या रहेको अध्यक्ष बरालले बताए । हराएको पानीको खोजिको लागि भित्रुवन विश्व बिद्यालयका ६ जना बिद्यार्थीलाई यस बिषयमा रिसर्च गर्न समेत लगाइएको उनले जनाए । संस्थाले नेपाल सरकारको खानेपानी तथा ढलनिकास बिभाग र फिलिपिन्सको मेनील्याण्ड वाटर सर्भिस कम्पनीसंगको सहकार्यमा नेपालमै पहिलो पटिक एनआरडब्लु समबन्धि सैद्धान्तिक ज्ञान हासिल गर्नुको साथै व्यावहारिक रुपमा अध्ययन सुरु गरेको अध्यक्ष बरालले जनाए । पैसा नउठ्ने पानी प्रति दीन ३ हजार ४ सय ४९ घनमिटर करिब ३५ प्रतिशत रहेको अध्यक्ष बरालले दाबी गरे । उक्त परियोजनाबाट दैनिक पानी उत्पादन ९ हजार ७ सय ७४ घनमिटर रहेको उनले जनाए ।
घर घरमा पानी सम्यताको निशानी, आफनो घर आँगन टोल आफै सफ राखौं, मुहानदेखि मुखसम्म शुद्ध पानी, हाम्रा उपभोक्ताको सरोकार र निगरानी, घर घरमा हरियाली, सबै कार्यालयमा फुलबारी भन्ने नारा ल्याएको संस्थाका सचिन मुरारी शर्माले बताए । संस्थाले हाल तीन प्रणालीबाट पानी वितरण गरेको छ । मुल तथा सतहको पानी ४ हजार १ सय ७ घनमिटर प्रति दीन, बोरीङ पानी उत्पादन ५ हजार ६ सय ६८ घनमिटर प्रति दीन, दैनिक पानी खपत प्रति व्यक्ति ८८ लिटर रहेको सचिव शर्माले जनाए । उक्त परियोजनाबाट पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडाका करिब ८४ हजार जनाले प्रत्यक्ष रुपमा पानी प्रयोग गरेको उनले जनाए । समथर स्थलमा मुल सतहको पानीमा उपभोक्ता र सरकारको ५०÷५० प्रतिशत लगानीमा, पहाडी भेगमा बोरिङ तथा सम्पवेल मार्फत वितरित पानी सहलगानी मोडल स्थानिय उपभोक्ता ३० प्रतिशत, एकिकृत बस्तीमा लेखनाथ बृहत जलबायु अनुकुल खानेपानी आयोजना (मुल सतहको पानी) स्थानिय उपभोक्ताको १० प्रतिशत लगानीमा संचालन भएको छ । संस्थाको परिसरमा एक सहित ८ वटा खानेपानी वोरिङ संचालनमा गरेको छ ।
व्यक्तिगत धारा जडान शुल्क २५ हजार ५ सय रहेको छ भने मासिक शुल्क १० युनिटसम्म मासिक २ सय ४५ रुपैया रहेको छ । सामुदायिक धारा १० युनिट सम्म १ सय ७९ रुपैया, ११ देखि २० युनिटसम्म्म व्यक्तिगत रप्मा प्रति यूनिट २७, सामुदायिकमा ११ देखि २० यूनिटसम्म १९ रुपैया ५० पैसा शुल्क निर्धारण गरिएको कोषाध्यक्ष नारायणी भट्टराईले बताइन्। उनका अनुसार ३१ यूनिट भन्दा माथि व्यक्तिगतमा ३६ रुपैया र सोही युनिटमा सामुदायिक तर्पm भने २६ रुपैया ४० पैसा शुल्क निर्धारण गरिएको छ । उक्त संस्थाको हालसम्म चल अचल करिब एक अर्ब बराबरको पुंजि भएको संस्थाले दाबी गरेको छ । नेपाल सरकारको नगर विकास कोषसंग ९ करोड ५५ लाख ७१ हजार रुपैया करिब ७ प्रतिशत व्याजमा ऋण लिएकोमा हालसम्म ९ करोड ९६ लाख रुपैया बुझाएको अध्यक्ष बरालले जनाए । कोषलाई अब करिब ३ करोड २२ लाख भुक्तानी गर्न बाँकी रहेको उनले जनाए । पहिलो चरणको खानेपानी आयोजनामा सहलगानीमा २७ करोड ११ लाख, दोश्रो चरणको खानेपानी लगानी १२ करोड ८४ लाख, १५ बर्ष सम्मको लागि खानेपानी दीर्घकालिन रुपमा संचालन गर्नको लागि ६३ करोड रुपैया आवश्यक भएको उनले जनाए ।
२०६२ मंसीर १० देखि सुरु भएको उक्त परियोजना ४ बर्ष पश्चात अर्थात २०६५ असार १ गते सम्पन्न भएको थियो भने निर्माण व्यवसायीबाट उपभोक्ता संस्थालाई खानेपानी आयोजना २०६७ जेठ ३१ गते हस्तान्तरण भएको कोषाध्यक्ष नारायणी भट्टराईले बताइन्। उक्त संस्थामा हाल ३५ जना कर्मचारी रहेका छन् । चौबिसै घण्टा सफा र सुद्ध पानी, प्रतिव्यक्ति प्रति दीन १ सय लिटर पानी र नेपाल खानेपानी गुणस्तर माापदण्ड अनुसार पानी उपलब्ध गराउने संस्थाको मुख्य उद्धेश्य रहेको निवर्तमान अध्यक्ष बोधराज लामिछानेले बताए । संस्थाले खानेपानी परियोजनाको समेत बिमा गरेकोले तीन पटकसम्म बिमा दाबी सहित भुक्तानी समेत प्राप्त गर्न सफल भएको उनले जनाए ।
उक्त संस्थाले हरेक बर्ष जसो नाफामा संचालन हुदै आएको निवर्तमान अध्यक्ष लामिछानेले बताए । आर्थिक बर्ष २०७५÷०७६ मा खानेपानी महशुलबाट ५ करोड ५४ लाख ६२ हजार, धारा जडानबाट १ करोड ८३ लाख, बैंक व्याजबाट १ करोड २९ लाख ९३ हजार आम्दानी भएको थियो भने कर्मचारी तलव भःत्ता खर्च १ करोड ५ लाख, मुल्य ह््रास कट्टी खर्च २ करोड ४ लाख, मर्मत तथा संहार खर्च ४० लाख ८२ हजार, नयाँ मिटर एवं सामाग्रि खर्च ६५ लाख ८७ हजार खर्च भएको संस्थाले जनाएको छ । स्थानिय थाक खानेपानीसंग सहकार्य गर्नुपर्ने टट्कारो आवश्यक भएको बताइन्छ । उक्त परियोजनाका पानीका मुख्य श्रोत इदी, मादी, चिप्ली लगायतका श्रोत हुन्। संस्थाले हालै आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उदाहरणीय कार्य गरेमा थप पानी विस्तार गर्न प्रदेश र संघिय सरकारसंग सहकार्य गर्न आग्रह गरे । सहआयोजनामा लगानी भएको उक्त परियोजनाले गत आ.व.मा करिब एक करोड रुपैया मुनाफा कमाउन सफल भएको संस्थाले जनाएको छ ।

Facebook Comments