लेकसाइडमा ‘बब्स् जिम लेकसिटी’ सञ्चालनमा

राजाराम पौडेल पोखरा ९ कार्तिक । पोखराको लेकसाइड अम्बोटमा ‘बब्स् जिम लेकसिटी’ सञ्चालनमा आएको छ । जिमको शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले औपचारिक उद्घाटन गरे । अत्याधुनिक सामाग्रीहरु सहितको जिमहल संचालनमा आएकोमा उनले खुशी व्यक्त्त गरे । जिम हलका सञ्चालक बैभव पौडेलको भएको औपचारिका उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापा, राजिव पहारी, कलाकार सन्दिप क्षेत्री, मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन लगायतले शारिरिक तन्दुरुस्तिका लागि व्यायम गर्नुपर्नेमा जोड दिए ।

‘बब्स् जिम लेकसिटी’ नाम दिएर संचालनमा ल्याईएको जिमहल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको भएको यसका संचालकहरुले दावी गरेका छन् ।

साउनाबाथ, स्टिम बाथ, हट वाटर शावर सँगै कफिशप र खुला पार्किङ यो जिमहलको विशेषता हुन् । त्यो सँगै सार्वजनिक बिदामा पुरै दिन र शनिबार मध्यान्ह १२ बजेसम्म जिम संचालनमा ल्याउने संचालकहरुले बताएका छन् ।

युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा यो जिम हल संचालनमा आएको हो । ‘लेकसाइड विशेषगरि विश्वभरका मानिसहरु आउने स्थान पनि हो । र, यहाँ एउटा अन्तराष्ट्रियस्तरको व्यायामशाला आवश्यक थियो । त्यही आवश्यकतालाई हामीले परिपुर्ती गर्ने प्रयत्न गरेका हौँ ।’ संचालक मध्येका एक वैभव पौडेलले भने ।

लेकसाइडको चौथो र पाँचौ स्ट्रिटको बीचमा रहेका एमबीए प्लाजा परिसरभित्र संचालनमा आएको जिममा अत्याधुनिक कार्डियो मेशिन राखिएको छ । १२ वटा कार्डियो मेशिन रहेको जिममा अरु ५० वटा भन्दा बढि व्यायाममेशिनहरु पनि रहेका छन् । ‘तौल घटाउने, आवश्यकताअनुसारको शारिरीक बनावट बनाउने, जुम्बासँगै अन्यथुप्रै फिटनेश प्रशिक्षण पनिदिने व्यवस्था गरेका छौँ ।’ जिममा मूख्य प्रशिक्षक समेत रहेका संचालक केशव उदासले भने । यहाँ जुम्बा पनि गर्न पाइनेछ । उद्घाटन कार्यक्रममा जुम्बा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

करिब ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जिमहलमा सिक्न आउने प्रशिक्षार्थी तथा खेलाडीहरुका लागि व्यवस्थापनले मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन र पावर लिफ्टिङका नेशनल च्याम्पियन ज्योती थापालाई ‘गेस्ट ट्रेनर’को रुपमा नियुक्त गरेको छ ।

Facebook Comments