लिम्पीयाधुरा, लिपुलेक र कालापानी फिर्ताका लागि दवाब दिन पोखरामा पुस २७ गते दवाबमूलक ¥याली निकालिने

सन्देश श्रेष्ठ पोखरा, पुस २५ । सीमा विवाद समाधानका लागि पोखरामा दवाबमूलक ¥याली निकालिने भएको छ । सीमा बचाऔं अभियान पोखराले अतिक्रमित नेपाली भूमि सम्बन्धी विवाद समाधानका लागि दवाब दिन यहि पुस २७ गते पोखरामा ¥याली निकाल्न लागेको हो । भारतद्वारा अतिक्रमित लिम्पीयाधुरा, कालापानी र लिपुलेकलगायत सीमा सम्बन्धी विवाद समाधानमा सरकारलाई दवाब दिन ¥याली निकाल्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा सीमा बचाऔं अभियानका संयोजक रामबहादुर पौडेलले बताए ।

सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउनका लागि ठोस कदम नचालेकाले दवाबका लागि ¥याली निकाल्न लागेको उनले बताए । सरकार वक्तव्यबाजीमा मात्रै सिमित भयो,‘उनले भने,‘तर ठोस कदम भने चालेन, ठोस कदम चालेर अतिक्रमित भूमि फिर्ता गराउनका लागि दवाब दिन खोजेका हौं ।’ उनले कुटनीतिक माध्यमबाटै विवाद समाधान गर्नुपर्ने भएपनि ढिलाई भएकाले दवाब दिन लागेको स्पष्ट पारे ।

सीमा बचाऔं अभियान पोखराले कुटनीतिक पहलमार्फत समाधान गर्नुअघी नेपाल सरकारले अतिक्रमित भूमिसमेत समेटेर नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । वार्तामार्फत विवाद समाधान हुँदै जाला,‘अभियानका संयोजक पौडेलले भने,‘तर त्यसअघी कम्तिमा सरकारले अतिक्रमित भूमि लिम्पीयाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको पूर्ण नक्सा सार्वजनिक गर्नुपर्छ ।’ उनले चुप लागेर बस्ने हो भने भोलिको पुस्ताले सराप्ने अवस्था आउने भन्दै नेपाली भूमि रक्षाका लागि सबै अग्रसर हुनुपर्ने बताए ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन पुस २७ गते आइतबार पूर्वाह्न ११ बजे पोखराको पृथ्वीचोकदेखि अमरसिंहचोकसम्म ¥याली निकाल्ने अभियानले जनाएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाममा स्थापित पृथ्वीचोकदेखि वीर सपूत अमरसिंह थापाको नाममा स्थापित अमरसिंहचोकसम्म ¥याली निकाल्न लागेको उनको भनाई छ ।

¥यालीमा सीमा बचाऔं अभियान पोखरासहित नागरिक समाज पोखरा, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चसहित पोखरा सरसफाई अभियान, बेगनास सरसफाई अभियान सञ्चालन गरिरहेको राइजिङ स्टार युवा क्लव, महिला समूह, युवा समूहलगायतका संघसंस्थाको संस्थागत सहभागिता रहने संयोजक पौडेलले जानकारी दिए । ¥याली स्वतःस्फूर्त निकाल्न लागेका हौं,‘यसमा सहभागिताका लागि उर्दी जारी गर्दैनौं, बाध्यकारीपनि छैन, देशभक्तिको भावले गरिएको यो कार्यक्रममा स्वाभिमानी सबै नेपालीहरु सहभागि हुन सक्छन् ।’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अतिक्रमित भूमि फिर्ता गर्न सरकारलाई दवाब दिनका लागि ¥याली आयोजना गर्नु सराहनीय भएको बताए । यस्ता दवाबमूलक ¥याली सतहत्तरै जिल्लामा पु¥याउनुपर्नेमासमेत उनले जोड दिए ।

Facebook Comments