लिमिठानामा पाचँ स्थानमा क्बारेन्टाइन

सबिन रेग्मी पोखरा १५ चैत्र
बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९को नियन्त्रणको लागी पर्बतको फलेबास नगरपालीका ७ लिमिठानमा पाचँ स्थानमा क्बारेन्टाइन निमार्ण गरिएको छ ।
वडा अन्तर्रगत जनता प्रबि पिपलचौरमा, सुन्तला सहकारी भवन साथै कफी सहकारी भवन, देबिस्थान प्रबि, लिमिठाना माबि, पुर्ब प्रह गोबिन्द प्रसाद रेग्मीको घरमा क्बारेन्टाइन बनाइएको हो ।

जनता प्रबि पिपलचौरमा २० सुन्तला सहकारी भवन र कफी सहकारी भवनमा ३० देबिस्थान प्रबिमा ६ लिमिठाना माबिमा ६० पुर्ब प्रह गोबिन्द प्रसाद रेग्मीको घरमा ६ गरी कुल १२२ शय्याको क्बारेन्टाइन निमार्ण गरिएको वडा अध्यक्ष हरीराम रेग्मीले बताउनुभयो।वडाले कोरोना भाइरस कोभिड १९को नियन्त्रणको लागी वडा अध्यक्ष हरीराम रेग्मीको संयोजकत्वमा १३ सदस्य समिति समेत निमार्ण गरिएको रेग्मीले बताउनुभयो ।

वडमा अहिलेसम्म बिदेशबाट आएका ४ जना लाई हाल त्यस्तो लक्षण नदेखिएको र उनिहरुलाई सचेत गराएर घरमानै सेल्फ क्बारेन्टाइनमा राखिएको छ ।फलेबास नगरपालीकामा प्रबेश गर्ने नाका हरु मुडिकुवा, पाङराङ, लुङखु, कार्किनेटामा हेल्थ डेक्स स्थापना समेत गरिएको वडा अध्यक्ष हरीराम रेग्मीले बताउनुभएको छ ।

Facebook Comments