लामे आहल को राधाकृष्ण बृद्धाआश्रमले विदेशी नागरीक दम्पती लाई स्वागत एवं सम्मान

लेखनाथ, १५ कार्तिक ।पोखरा महानगरापालिका वडा नंं ३२, लामेआहलमा रहेको राधाकृष्ण बृद्धाआश्रमले विदेशी नागरीक स्वइजरल्याण्ड निवासी कृष्टोफ सुइमर र मारियन सुइमर दम्पतीलाई स्वागत एवं सम्मान गरेको छ ।

मानवीय सेवा र जेष्ठ नागरिकको सेवा गर्नु नै आफ्नो कर्तव्य सम्झेर विदेशी नागरीक सुइमर दम्पत्तीले हरेक वर्ष वृद्धाआश्रमलाई सहयोग गर्दे आएका छन् ।

उनले विगत आठ वर्ष देखि यस आश्रममा भवन निर्माण, चौतारो निर्माण लगायतका भौतिक एवं आर्थिक सहयोग गर्दै आएका छन् ।

कार्यक्रममा वोल्दै सुइमरले सिड फाउण्डेसन नेपाल संस्था मार्फत यस ठाउँमा आएको आश्रममा आउदा आफ्ना बुवा आमाको काखमा आए जस्तो भान हुनु, बृद्धा वृद्धाको दुःख सुखमा साथ दिनु नै मेरो पहिलो कर्तव्य हो मानवीय सेवा हो साथै उनले भने आगामी दिनमा अझ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

राधाकृष्ण वृद्धा आश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको सो कार्यक्रमा सिड फाउण्डेसन नेपालका निर्देशक दामोदरभक्त थापाले वृद्ध आश्रम को व्यवस्थापन पक्ष र यसले गरेका उन्नतीका बारेमा आफ्नो धारणा राखेका थिए ।

राधाकृष्ण वृद्धाआश्रमका उपाध्यक्ष विश्वराज लामिछानेले स्वागत मन्तव्य गरेको सो कार्यक्रमको संचालन सचिव शोभामोहन पौडेलले गरेका थिए ।

Facebook Comments