लाटोकोसेरो हुचील उत्सव स्याङजामा

सबिन रेग्मी पोखरा माघ २३
नेपाल लाटोकोसेरो तथा हुचील उत्सव माघ २४ र २५ गते हुने भएको छ ।स्याङजाको राङभाङ भैसेगाँैडा अरनिको माबीमा उत्सव हुने भएको हो ।

उत्सवको पहिलो दिन माघ २४ गते चरा अबलोकन बिभिन्न खलेहरु,२२ तालका भाका,लाटोकोसेरो सङग्रंलय प्रर्दशनी, लाटोकोसेरको आवाज, लाटोकोसेरको रोबर्ट प्रर्दशन,संरक्षणकर्मीहरुको प्रबचन,स्थानिय स्टलको साथमा बिभिन्न कार्यक्रम हुनेछन् ।

कार्यक्रमको दास्रो दिन २५ गते लप्सीको दाना गहुको, छव्ली, बाट बनाइएका लाटोकोसेरोको कलात्मक चित्रहरु प्रर्दशनी राटे पिङ्ग,नङमा लाटोकोसेरोको चित्र बनाउने, सस्थागत सम्मान साथै अन्य कार्यक्रम हुने छन् ।कार्यक्रम बिहान ७ बजेबाट बेलुका ५ बजे सम्म चल्नेछ ।

Facebook Comments