लाखौं अनुदानको प्रोजेक्ट घाटामा चल्दै आरोप प्रत्यारोपले प्रधानमन्त्री कृषि परियोजना हाइटेक प्रविधि सफल हुन सकेन

दीननाथ बराल पोखरा १९, कात्तिक । आधुनिक कृषि प्रणाली, बेमौसमी तरकारी उत्पादन लगायतका उद्धेश्यले हालसंचालन भएका प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत पोखरामा संचालन भएको करोड लगानीको एक हाइटेक प्रोजेक्ट परियोजना हाल समस्या ग्रस्त हुन थालेको छ । परियोजना संचालकहरु र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कर्मचारीहरु बिचको समन्वय र सहकार्य राम्रो हुन नसक्दा उक्तप्रोजेक्ट हाल समस्या ग्रस्त हुन थालेको हो ।

पोखरा महानगरपालिका २५ हेमजा, देवीस्थान कृषि सहकारी संस्था लिमिटेडको नेतृत्वमा स्थानिय१२ वटा सहकारीहरुको संयुक्त पहलमा विगत दुई बर्ष देखि संचालनमा आएको उक्त हाइटेक प्रविधिको तरकारी खेतिबाट स्थानिय कृषकहरुलेविभिन्न कारणले गर्दा राम्रो प्रतिफल लिन सकेकाछैनन्। अर्गानिक खेतीकोसम्भाव्यता, असिना, हावाहुरी, रोगकिराबाट सुरक्षा, श्रमको सदुपयोग, आधुनिक ग्रिन हाउस र नर्सरी, फर्टिगेसन सहितको अत्याधुनिक ड्रिप सिंचाई, तापक्रम र अद्रता नाप्ने अत्याधुनिक मेसिन, फोगर र सेमी अटोमेटिक भेन्टिलेशन, प्लाष्टिक मन्चिङ, उन्नत ताजका स्वास्थ्य बेर्वा बिक्रि वितरण गर्ने उद्धेश्यलेस्थापना भएको हाइटेक प्रविधिमा हाल समस्या देखा परेको उक्त परियोजनाका व्यबस्थापक शालिकराम बाँस्तोलाले गुनासो गरे ।

उनले भने “ हामीले जुन रुपमाहाइटेक प्रविधिलाई प्रयोग गर्यौं तर सोही अनुसारको त्यसबाट प्रतिफल लिनसकेनौं । ”आफुहरुले उत्पादन गरेको फलफुल तरकारीको उचित मुल्य नपाएको हुदा गत बर्ष ४० क्विन्टन जसो हाइब्रिड( सानो जातको) कांक्रो त्यसै खेरफाल्नु परेको उनले गुनासो गरे । उनले भने “ हामीले यो प्रविधिबाटकम्तिमा खुल्ला आकास मुनि लगाएको तरकारी भन्दा तीन गुणा भन्दा बढी उत्पादन हुन्छ भनेर हामीले हाइटेक को यो प्रविधि अपनायौं र लगानी पनि गर्यौं तर यसमा आवश्यक पर्ने थप प्रविधि र प्राविधिक ज्ञानको अभावले गर्दा हाल हामीले मुनाफा लिन सकेकाछैनौं ।”सरकारको अनुदानबाट संचालन भएको प्रोजेक्टमा सरकारले अनुगमन त्यसकोराम्रो मुल्याङकन हुन नसक्दा पनि आफुहरु हाल निकै मर्कामा परेको व्यबस्थापकबाँस्तोलाले बताए । त्यसै गरी आफुहरुको लगाएको कांक्रो, टमाटरमा
विभिन्न रोग देखा पर्न थालेको देवीथान कृषि सहकारी संस्थका अध्यक्ष समेत
रहेका परियोजनाका व्यबस्थापक बाँस्तोलाले बताए ।


आफुहरुसंग विउ बिजन पनि नेपाली हावा पानी अनुसार नभएकोले गर्दा हाइटेक प्रविधिमा लगाइने फलफुल तरकारी उत्पादन र उत्पादित बस्तुको समेत उचित मुल्य नहुदा आफुहरु मर्कामा पर्दै आएको उनले जनाए । मासिक ४ लाख आम्दानी हुनु पर्नेमा उक्त प्रोजेक्टबाट हाल ५० प्रतिशत पनि कम हुने गरेको व्यबस्थापक बाँस्तोलाले बताए । उक्त प्रोजेक्ट लगानीमा ८५ लाख रुपैया प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट अनुदान प्राप्त भएको छ ।

एक करोडको उक्त प्रोजेक्टमा १५ लाख रुपैया सहकारीले लगानी गरेको हो भने उक्त प्रोजेक्टमा ३
हजार ४ सय ५६ बर्ग मिटर हाइटेक प्रविधिमा तरकारी खेती गर्ने योजना भए पनि स्थानिय १२ वटा सहकारी संस्थाहरुको समन्वयमा करिब ६ सय बर्ग मिटर क्षेत्रफलमा हाइटेक तरकारी खेती गरीएको व्यबस्थापक बाँस्तोलाले बताए । ग्रिन हाउसमा प्रयोग भएको प्लाष्टिकमा हरियो लागे त्यसलाई सफा गर्ने प्रविधि समेतआफुहरुसंग नभएको उनले जनाए ।

बहुउद्धेश्यीय किसान सहकारी संस्था लिं.का अध्यक्ष धर्मराज बाँस्तोलाको
संयोजकत्वमा हाइटेक ग्रिन हाउस स्वास्थ्य तरकारी तथा विरुवा उत्पादन गर्ने लक्ष्य
रहेको छ । उक्त प्रोजेक्टमा देविस्थान सहकारी सहित सहकार्य बहुउद्धेश्यीय किसान
सहकारी संस्था लिं., गौरी शंकर बचत तथा ऋण सहकारी, हेमजा बचत तथा ऋण
सहकारी संस्था, हिमालय बचत तथा ऋण सहकारी, दियालो कृषि सहकारी संस्था,
अनवरत कृषि सहकारी संस्था, कालिका कृषि सहकारी संस्था, तिव्रिकोट कृषि
सहकारी संस्था, मुलपानी कृषि सहकारी संस्था, भु.पु. सैनिक कृषि सहकारी
संस्था र विकल्प जडिबुटी सहकारी संस्था लिमिटेड आबद्ध रहेकाछन्।


उनका अनुसार उक्त प्रोजेक्टबाट प्रत्यक्ष लाभान्वित ३ हजार परिवार, अप्रयक्ष १०
हजार जना लाभान्वित हुनेछन्। प्रति सहकारी ४ लाखको दरले ४८ लाख उक्त
प्रोजेक्टमा लगानी भएको संयोजक बाँस्तोलाले बताए । उक्त प्रोजेक्टमा २२
रोपनी क्षेत्रफलमा दुई वटा हाइटेक सहितको अन्य जमिनमा फलफुल तरकारी
खेती भएको उनले जनाए ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कास्कीका कार्यालय प्रमुख वसन्त श्रेष्ठले ठुलो प्रोजेक्टमा काम गर्नेहरुले बजार हेरी बुझिकन वाली लगाउनु
पर्ने बताए । हाइटेक प्रोजेक्टमा आफुहरुले सिजन अनुसारको विउविजन दिन
नसकेको बताउदै उनले ब्याबस्थापन कमजोरी भएकोले गर्दा उत्पादित बस्तुमा किरा लाग्ने समस्या भएको दाबी गरे । एउटा ग्रिन हाउसमा धेरै वाली लगाउनाले
हाइटेकमा धेरै प्रकारको रोग लाग्ने समस्या हुने गरेको उनले जनाए । उनले
भने “यदि प्लाष्टिकबाट प्रष्टसंग घाम भित्र छिर्न नपाए ग्रिन हाउस भित्र लगाएका
वालीमा रोग तथा किरा लाग्ने समस्या आउन सक्छ, वाली मर्न सक्छ । ” प्लाष्टिकमा
हरियो लेउ लागेमा त्यसलाई धोयरै हटाउन सकिने कार्यालय प्रमुख श्रेष्ठले बताए

Facebook Comments