लाइफ ज्याकेट विना फेवातालमा डुंगा सयर गरी वेपक्ता भएका एक युवा मृत अबस्थामा भेटिए

दीननाथ बराल पोखरा १३, फागुन

पोखराको फेवातालमा डुंगा सयर गर्दा सोमबार वेपक्ता भएका एक युवाको मंगलबार मृत अबस्थामा भेटिएकाछन्। शसस्त्र प्रहरीको गोताखोर (तालिम प्राप्त) रेस्क्यू टोलीले आज दिउँसो खोजतलास गर्दा काठमाण्डौ महागरपालिका १० कपन बस्ने २७ बर्षका सुमित भन्ने राम शरण लुईटेललाई मृत अबस्थामा भेटेका हुन् ।

सशस्त्र प्रहरी जवान दुर्घनारायण पौडेलले तालको करिब ४० फिट गहिराईमा घोप्टो परेको अबस्थामा लुइटेललाई बाहिर निकालेको सशस्त्र प्रहरी सहायक निरिक्षक दीपेन्द्र विष्टले बताए । सोमबार करिब २ घण्टा जसो तालको विभिन्न भागमा डुब्दै खोजेका पौडेल र विष्ट सहितको टोलीले मंगलबार लुइटेलका साथीले डुंगा पल्टेको स्थल देखाएसंगै उक्त क्षेत्रबाट उनीहरुले खोजी गर्दा लुइटेललाई मृत अबस्थामा भेटेका हुन्। फेवातालको किनार देखि करिब ८ सय मिटर तालको बिच भागबाट खोजउद्धारमा प्रयोग हुने पोसाक सहित टोलीले तालमा बुब्दै खोजी कार्यमा जुटेको थियो ।

काठमाण्डौ महागरपालिका १० कपन बस्ने वर्ष २७ का सुविन चालिसे र सोही ठाउँकै २८ बर्षीय रुपेश अधिकारीको सोमबार शकुसल उद्दार गरिएको थियो । गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराबाट रेस्क्यू टिम सहितको प्रहरी टोली र सिआरभि हल्लनचोकको टोलीले उनीहरुको शकुसल उद्दार गर्न मद्धत गरेको थियो । अनिवार्य गरिएको लाइफ ज्याकेट विना डुंगा सयर गर्दा पोखरा घुम्न आएका लुइटेलको ज्यान गएको छ ।

Facebook Comments