लमजुङको मतदान केन्द्र नजिकै बम विस्फोट

लमजुङ मंसिर १४ । सुन्दरबजार नगरपालिका(२ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ ।

मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा बम विस्फोट भएको हो ।

बम विस्फोट भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका(२ मा ३ वटा मतदान केन्द्र र २ वटा मतदानस्थल रहेका छन भने कुल मतदाता संख्या २ हजार २ सय ९७ रहेको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ जना चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

यहाँ नेकपा, नेपाली कांग्रेस, राप्रपा, मंगोल अर्गनाइजेसनका साथै स्वतन्त्र उमेद्वार रहेका छन् । स्थानीयहरु उत्साहपूर्वक रुपमा मतदानमा सरिक भएका छन् ।उज्यालो

Facebook Comments