लक्ष्मी केयर्सद्वारा पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशालालाई स्वास्थ्य सामग्री प्रदान

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १८

लक्ष्मी केयर्सले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशालालाई कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्धित गैर नाफमूलक संस्था, लक्ष्मी केयर्सले अस्पताललाई १० थान पीपीई र ८ बक्स मास्क प्रदान गरेको हो । लक्ष्मी केयर्सको सक्रियतामा लक्ष्मी बैंकका कर्मचारीबाट संकलन गरीएको रकमबाट ति सामग्री प्रदान गरीएको हो ।

यसअघि केयर्सले उपत्यकाको ललितपुर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ लाख सहयोग गरेको थियो । बागलुङको धौलागिरी अस्पताललाई ८ थान थर्मल गन र २ सेट पीपीई प्रदान गरेको थियो । संस्थाले गण्डकी प्रदेश लगायतका सातवटै प्रदेशमा स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल सरकारद्वारा स्थापना गरीएको कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि ३० लाख र सातवटै प्रदेशमा १०÷१० लाख गरी कूल रकम १ करोड प्रदान गरिसकेको छ ।

Facebook Comments