“लकडाउन” पोखरा सुनसान :(फोटो फिचर)

अनआइनअन्नपूर्ण/पोखरा, चैत्र ११

कोरोनाभाइरस को संक्रमणबाट हुन सक्ने जोखिमलाई कम गर्नको लागि सरकारले मंगलवारदेखि अत्यावस्यक सेवा बाहेकका सबै सेवाहरुलाई बन्द गराएको छ ।

कोरोना संक्रमण बारे गठित उच्चस्तरीय समितिको सोमवार बेलुका बसेको वैठकले मंगलवार बिहान ६ वजेदेखि बेलुका ६ वजेसम्म एक हप्तासम्म यस्ते रोकको व्यवस्था गरेको हो ।

कोरोनाभाइरस को हुन सक्ने संक्रमण र जोखिमबाट जोगाउन लकडाउन गरिएपछि पोखरा वजार बिहानै देखि सुनसान भएको छ ।

अत्यावस्यक काम परेका तथा रीपोर्टिङमा निस्किएका केहि पत्रकारहरुलाई प्रहरीले सोधपुछ गरेको छ भने मानिसहरुलाई आआफ्नो घरभित्र रहन आग्रह गरेको छ ।

Facebook Comments