लकडाउन कडा बनाइएको छ :मुख्यमन्त्री गुरुङ्ग


पोखरा जेठ १
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पछिल्ला अबस्थालाई मध्येनजर गर्दे लकडाउनलाई अझ कडा बनाइएको बताउनु भएको छ ।लमजुङ्गबाट पोखरा आई बसोबास गरेका र लकडाउनले समस्यामा परको नागरीकहरुलाई राहत बितरण गर्ने क्रममा उहाँले करिव २२ सय मानिसहरु पास लिएर वा नलिएर पनि प्रदेश भित्र यो बिचमा प्रबेश गरेको आफुले थाहा पाएको बताउनु भयो ।

मानव स्वास्थ्यको सबैभन्दा ठुलो चुनौतीका रुपमा देखा परेको नोवल कोरोना भाईरस नियन्त्रणको पहिलो र प्रभावकारी उपाय लकडाउन मात्र भएकाले पनि नागरीकहरुमा सचेतना आबस्यक रहेको उहाँको भनाई थियो । मानिसहरु पहिलो जान हतारिए र अहिले बिभिन्न बाहानमा आउन हतारिएका छन । लकडाउन भनेको उहाँ छ त्यही बस्ने हो, खान नपाए सरकार संग माग गर्ने हो, तर जान र आउन हतारीने होईन– उहाँको भनाई थियो ।

गण्डकी प्रदेशमा पहिलो संकटा समाधान गरिएपनि ढुक्क हुने अबस्था नभएकोले आजबाट थप कडाईका साथ , आबस्यक सुरक्षा बिधि नअपनाए बैकतथा बित्तीय सस्थाहरु पनि बन्द गरिदिने तयारी आफुले गरेको सो अबसरमा उहाँले जानकारी दिनुभयो । मानवको पहिलो प्राथमिकता स्वास्थ्य अर्था ज्यान भएकाले ज्यान जोगाउन सके मात्र अरु कुरामा जान सकिने भएकाले सरकारको आदेश पुर्ण रुपमा पालन गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।


यस्तै पोखरामा नौ बर्ष अगाडी स्थापना भएको लमजुङ्ग–पोखरा बचत तथा ऋण सहकारी सस्था लि.ले आफ्ना शेयर सदस्य तथा अप्ठेरोमा परेका लमजुङ्गे नागरीकहरुलाई राहत बितरण गरेको छ । लमजुङ्ग–पोखरा सम्पर्क समिति तथा सहकारीको सहकार्यमा १ जना सुत्केरी संगै २८ जना नागरीकहरुलाई रातह बितरण गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग तथा मुख्य न्यायाधिबक्ता डा. राजेन्द्र घिमिरेको उपस्थितीमा राहत बितरण गरिएको थियो । २६ बर्ष अगाडी स्थापना भएको लमजुङ्ग–पोखरा सम्पर्क समितिले सहकारी स्थापना गरेको हो ।

सहकारीको स्थापना दिबसको अबसर पारेर राहत संगै क्यालेण्डर बिमोचन पनि गरिएको थियो । सहकारी र सम्पर्क समितिले हरेक बर्ष संयुक्त रुपमा क्यालेण्डर प्रकाशन गर्दे आएको छ । सहकारीका अध्यक्ष दिपक घिमिरेले सस्थाको शेयर सदस्यहरु समस्यामा परेका बेला थोरै भएपनि आफुले मलम लगाएको बताउनु भयो । सहकारीले यस अघि पनि सामाजिक उत्तरदायित्व स्वरुप पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा रकम जम्मा गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मूख्य न्यायधिबक्ता डा. राजेन्द्र घिमिरे ले अब सकारको लक्ष अनुसार कृषि क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गर्नुभयो । लमजुङ्ग– पोखरा सम्पर्क सहकारीका अध्यक्ष चम्पादेवी रानाभाटले जिल्ला बासीनै प्रदेशको मुख्य नेतृत्वमा रहनु आफुहरुको लागि गौरवको कुरा भएको बताउनु भयो ।

Facebook Comments