लकडाउनमा “मान्छे सर्बश्रेष्ठ” सृजना :“हामी कोरोनालाई जित्छौं, वरिष्ठ गायिका हरिदेवी कोईराला(video)

आरजू विष्ट सल्यानी

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २६

मृदुभाषि, कोकिल कन्ठ र हंसिलो मुहार । सखारै, प्रसिद्ध लोक गायिका, साहित्यकार तथा प्राज्ञ हरिदेवी कोईरालाको घरमा पुग्दा उहाँले आफ्नो काव्य रचनाको पाण्डुलिपि हातमा लिएर घरको छतमा लैजानु भयो र शुरुमा कोरोनाको कहरका बारेमा सबैका मनमा लागेको जस्तो हृदयको कुरा शुरु गर्नुभयो ।

कोरोनाभाइरसको महामारी विश्वभर परिरहेको छ । हामी नेपाली नेपालमा र विदेशमा रहेकाहरु, विश्व समुदाय सबै यसबाट प्रभावित भएका छौं । कोरोनाभाइरसले न धनि देखेको छ, न गरीब भनेको छ । न शक्तिशाली राष्ट्र, बमगोला र वारुदलाई नै टेरेको छ । यसले कसैलाई छोडेको छैन । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि औषधीको अनुसन्धान भईरहेको भएपनि तत्काल ठ्याक्कै यहि औषधी हो भनेर आएको छैन । तत्कालको लागि सजिलै गर्न सकिने भनेको घरवास नै उत्तम उपाए हो । त्यसैले हामी घर घरमै सुरक्षित भएर बसौं, कोईरालाले भन्नुभयो :“घरमै बस्दा आफु पनि बाँच्छ सकिन्छ, अरुलाई पनि बचाउन सकिन्छ र एक दिन कोरोनाभाइरसलाई पनि जित्न सकिन्छ ।”

नेपाल सरकारले जनताको सुरक्षाका लागि कोरोनाभाइरसको संक्रमण नहोस् भनेर गएको चैत्र ११ गतेदृखि लकडाउनलाई जारि राखेको छ । लकडाउन जारि गर्नु भनेको आफ्नै घरमा सुरक्षित तवरले बस्नु, भिडभाड नगर्नु र भिडमा नजानु, विदेशबाट आएका मानिसहरुको सम्पर्कमा नजानु भनेको हो । यो फेरी विभिन्न समयमा गर्ने गरेको बन्द जस्तो पनि होईन । जहिलेसम्म लकडाउन जारि रहन्छ, त्यो बेलासम्म २४ घन्टा लागु हुने होर आफ्नै घरमा बस्ने भनेको हो ।

यसलाई हामीले राम्रोसंग परिपालना गरौं, यो आफ्नै लागि हो । कोरोनाको कहरबाट मनलाई सान्तोना दिन घरमै बसेर सिर्जनात्मक बन्न सकिन्छ । यसलाई अवसरको रुपमा लिन सकिन्छ । आफुलाई जे आउँछ, जानेको काम गर्र्ने, सिलाई बुनाई, चकटी बुन्ने, फूलबुट्टा भर्ने, चीत्र बनाउने, बच्चाहरुलाई उनिहरुले मन पराउने खेल, पठनपाठन, चित्रकला, गीत, कविता, कथा सुनाउने, कक्षागत पाठहरु उढ्न र लेख्न लगाउने, उनिहरुले लामो समय लकडाउनमा बसिरहदा कस्तो मनोभाव व्यक्त गरिरहेका छन्, त्यसलाई बुझेर राम्रोसंग सम्झाउने, नझर्किने गर्नुपर्छ ।

हामीले त परिवारमा यसै गरिरहेका छौं । वरिष्ठ गायिका, नेपाली लोक गायनकि मूर्धन्य देवी गायिका, साहित्यकार, प्राज्ञ हरिदेवी कोईरालाले उहाँको घरमा पुग्दा आफ्नो अनुभव सुनाउँदै केहि बिचार पनि व्यक्त गर्नुभयो र केहि कविता, गीत सुनाउनु भयो ।

मैले यो घरको छतबाट वरपरका बाटोमा हिंडिरहेका मानिसलाई हेर्छु । किन त्यसो गरेका होलान् ? सरकारले भनिरहेको छ, घरैमा बस्नु जस्तो राम्रो औषधी केहि होईन, केहि काम नै नपरि निस्केका देख्छु तर यो बिलकुलै राम्रो काम होईन । घर आगनमै उफ्रिनुस्, व्यायाम गर्नुस्, सिर्जनाको काम गर्नुस्, साग तरकारी लगाउनुस् र परिवारका सदस्यहरु संगै बसेर कसैको मनोवल नगिराएर हौसला वढाउने काम गरेर बस्ने हो । यसो गर्दा कोरोनालाई हामीले जित्छौं । मनोवल नै ठूलो कुरो हो । घरमै नआत्तिकन बस्यौं भने, आशा गरौं हामीले कोरोनाभाइरसलाई जित्ने छौं ।

यो बेलामा गीत, कविता सिर्जना र बर्षे मौसममा करेसावारिमा कुटो, कोदालो गर्ने, तरकारी लगाउने र फोनबाटै साथीभाई, आफन्त र छरछिमेकमा घरैमा सुरक्षित भएर बसौं भन्दै दिनहरु बिताई रहेकि छु, कोइरालाले भन्नुभयो । साहित्यकार, प्राज्ञ तथा वरिष्ठ गायिका हरिदेवी कोईरालाले एउटा कविता लेख्नु भएकोा रहेछ, जो सुनाईहाल्नु भयो । जो हो, उहाँकै बिचारमा, आशामा र यो सिर्जनामा मानिसले आखिर एक दिन कोरोनालाई जित्ने छ ।

“सर्बश्रेष्ठ मान्छे”

रिसाईन कि धेरै प्रमृति आमा
सर्बश्रेष्ठ मान्छे पर्यो पिंजडामा ।
यो सृष्टि सत्ता भन्थ्यो मेरै हो
अहंकार, घमण्ड दम्भ तोडियो ।
मुठ्ठीमा छ भन्थ्यो धर्ति र आकाश
विज्ञानलाई नि गरीदियो उपहास ।
नपुगेर धर्तिले पुग्यो चन्द्रमामा
आज त्यहि मान्छे पर्यो पिंजडामा ।
बुझेन कि मान्छेले साझा हो ब्रमाण्ड
आफैं मात्रै एक्लै नाच्यो मदमस्त ।
ठूलो त्रास भय भो मान्छेका बीचमा
ओहो कति निरीह देखियो धरामा ।
सृष्टिको नि आफ्नै विधान हुन्छ
छन्द नि लयमा यो घुमिरहन्छ ।
विज्ञान र ज्ञानको मिलेन कि सुत्र
भत्क्यो कि समभाव प्रकृतिभित्र ।
यति सानो आज किटाणुले मार्यो
जगत सारा आँशु सोकमा पार्यो ।
कहाँबाट कसरी यो पापी निस्क्यो
भूगोलको साँध सिमाना भत्यो ।
विश्वलाई थकाई डुल्दैछ घाति
को ठूलो को सानो बाँकि नराखि ।
झुपडी र महल भनेन यसले
धनि शक्तिसालि गनेन यसले ।
के गर्यो खै अस्त्र यान रकेटले
स्तव्ध बनायो एउटा भाइरसले ।
न देख्नु न छेक्नु न समाउनु यसलाई
न हात हतियार देखाउनु यसलाई ।
न गोला वारुद न बाँण बमले
डर्दैन रत्ति यो कसैको हुँकारले ।
फैलिन्छ छिनमै डढेलो सरी
बाँच्छौ बचाउँछौं भई होसियारी ।
उपाए छ एउटै घरभित्रै रमाई
प्राकृतिक खाना खजाना खाई ।
आत्मवल बिचारले उज्यालो छरी
हार्दैनांै जित्छौ तर फेरी पनि ।

मान्छेले यो संसारलाई चलाई रहेको छ । यो संसार जितेर यहाँसम्म आएको छ । मानवले जितेर छोड्छ र यो कोरोनाको डर, त्रास र कहरलाई जितिन्छ, म आशावादी छु । म श्रष्टा भएर होला श्रीमान राम बहादुर कोईरालाले कोरोनाभाइरसको सम्वन्धमा लेख्नको लागि निकै घच्घच्याउनु भयो, उहाँले भन्नुभयो र मलाई पनि लेखौं लेखौं लाग्यो अनि यो “सर्बश्रेष्ठ मान्छे” गिती कविता लेखेकि हुँ ।”

हामीले उज्यालोको चाहना राख्नु पर्छ । यहि अपेक्षा गरेर म सिर्जनाको क्षेत्रमा लागेकि छु । श्रष्टा हरिदेवी कोईरालाले यहि लकडाउनको समयमा अर्को एउटा गीत पनि लेख्नु भएको छ । त्यो हो “प्रार्थना” । यसको अर्थ हो संसारका मानिसजाति छिट्टै मुस्कुराउन । यहि प्रार्थना गर्दै र भन्दै लेख्नु भएको रहेछ ।

“प्रार्थना”

संसारका मानवजाति छिट्टै मुस्कुराउन
सपनाका बीजहरु फेरी अंकुराउन ।

लहराउँदै जिन्दगीका खुसिहरु फुलुन
हृदयको गहिराईमा प्रेमभाव झुलुन ।

देवचुली हिमालचुली मेरा देवी देउता
यहि पुकार गरेकि छु वरदान देउ एउटा ।

सुन्दर गीत गाउन पाउँ प्रकृतिको माझ
दीयो बालि बसेकि छु बिहान र साँझ ।

संसारका मानवजाति छिट्टै मुस्कुराउन
सपनाका बीजहरु फेरी अंकुराउन ।

देवचुली र हीमालचुली, यो तपोभूमिबाट पुकार गरिकन सम्पूर्ण मानवजातिको कल्याण र पुर्नरुत्थानको लागि लेख्नु भएको गीत हो “प्रार्थना ।”

प्रज्ञा प्रतिष्ठानका कामहरु अहिले ठप्प भएका छन्, लकडाउनकै कारण । तर यसअघि हामीले केहि राम्रा काम पनि गयौं । पूराना लोक वाजाहरुको गोष्ठी भयो । गण्डकीका पूराना १०० भन्दा वढि वाजाहरुको संगोष्ठी भयो । चैत्रको २३ मा वुटवलमा भाषाभाषीको गीतको कार्यक्रम, देशभरबाट मुकुण्डो नृत्यु सहभागिता सम्मेलन, नाटक महोत्सव, शास्त्रीय संगीत लगायतका कार्यक्रम स्थगित भएका छन् तर हामीले आन्तरीक रुपमा अध्ययन, अनुसन्धानलाई भने छोडेका छैनौं, कोईरालाले बताउनुु भयो ।

२५६४ औं वुद्ध जयन्तीको अवसरमा कोईरालाले वुद्धका बारेमा धेरै अगाडी लेखेको एउटा कविता पनि सुनाउनु भयो ।

कहाँ छौ हे वुद्ध ?

कति खोजे पाईन कहाँ छौ हे वुद्ध ?
अशान्तिले यो धर्ति भईसक्यो असुद्ध ।

मैलिई सक्यो नि मनको मझेरी
एक विन्ति गर्छु आउन फेरी ।

हत्या र हिंसाको यो आँधीबेहरी
मानवताभित्र पर्दैछ खडेरी ।

आउन चोख्याउन दुषित माटो
आउन देखाउन ज्ञानको बाटो ।

अध्याँरो भो छिट्टो आउ उज्यालो बाल्न
मान्छेका पापी नजर पखाल्न ।

डर अनि भयले ओईलिए तनै
बिरसीला बने आफन्तजनै ।

कति खोजे पाईन कहाँ छौं हे वुद्ध ?
अशान्तिले यो धर्ति भईसक्यो असुद्ध ।

प्रेमको सुन्दर फूल लिई आउ
शान्तिको सीतल जल लिई आउ ।

कति खोजे पाईन कहाँ छौ हे वुद्ध ?
अशान्तिले यो धर्ति भईसक्यो असुद्ध ।

हजारौंमा “पाईन खबर” माईलस्टोन गीत

गायिका हरिदेवी कोइरालाको गायनमा जिन्दगीको माईलस्टोन गीत उहि हो सबैको मन मनमा रहेको, सबैले गुनगुनाउने । गीतबाटै परदेशमा नजाउ, स्वदेशमा कर्म गरेर जीवन निर्वाह गरौं । आफ्नै भूमिमा कर्म गरौं भनेर प्रतिकात्मक रुपमा ४० को दशकमा एउटा गीत तयार गर्नुभयो र रेकर्ड पनि भयो । त्यो थियो “पाईन खबर” बोलको गीत । उहाँका हजारौं गीत र सिर्जना छन् तर उहाँको गायनको जीवनलाई सार्थक बनाउन, बाटो फराकिलो र देशवासीबीच प्यारो बनाएको गीत “पाईन खबर” नै रह्यो ।

कोईरालाले उहिले तारादेवीले गाउनु भएको गीत “कालिपारे दाई कति राम्रो” बोलको लयमा धेरै गीत लेख्नु भएको छ । बेला बेलामा सार्वजनिक कार्यक्रममा यहि लयमा गीत र कविता पनि सुनाउनु हुन्छ । एक पटक सोहि गीतिको लयका एउटा गीत गाएर तृतीय स्थान हाँसिल गरेको पनि स्मरण गर्नुभयो ।

माछापुच्छ्रे

माछापुच्छ्रे नजाउ है भन्छ
रीत्तो झोला बोकेर विदेश ।

हैन होला विदेशमा खानि हिरा सुन
आफ्नै देशको मीठो हुन्छ गीठो भनि देउन,
भन्छ सधैं माछापुच्छ्रे हेर सुसेली
कति हुन्छ भो भन्देउ विदेशीको सेली,
नजाउ भन्छ त्यो माछापुच्छ्रे
खोलो बन्छ तरर आँशुले ।

पिंढी कुर्छिन वुढि आमा रुँदै एक्लै घरमा
मेरो बाबु भन्दाभन्दै मर्छिन तिर्सनामा,
न्याउली चरी त्यसै रुने झन तिम्रो मायाले
नेपालको दूधले पोल्छ के भो धन छाँयाले,
विदेशीले भन्लान कि को हो
ढोका कुर्ने नेपाली भोको हो ।

बरु आफ्नै जन्म देशको पाखा पखेरामा
हो हो भन्दै वालि छर्दै लेक कन्दरामा,
यहिं फल्छ हिरामोती रुख मात्रै सारिदेउ
लाहुरे धन डवल हुन्छ यहीं मुटु फोरीदेउ,
छाति ठोक्दै कोईली र डाँफे
रुन्छ लेक नहिंड विदेश ।

माछापुच्छ्रे नजाउ है भन्छ
रीत्तो झोला बोकेर विदेश ।

यो गिती कविता उहाँले २०३२ सालमा “खोलोे बग्छ आँशुले तरर” बोलको लेखेर तारादेवीको कालिपारे दाई कति राम्रो बोलको गीतको लयका दमौलीमा आयोजना गरिएको एक कार्यक्रममा गाउनु भएको थियो र तेश्रो स्थान हाँसिल गरि पुरस्कार पनि पाउनु भएको थियो । यति स्मरण गरिसकेपछि कोराईराले छुट्ने बेलामा सुनाउनु भयो :-

कोरोनोले भन्यो

नाम मेरो कोरोना हो जिउँभरी छन् काँडा
नछोउ मलाई नजिस्क्याउ बस टाढा टाढा ।

रुप छैन कुरुप छु बानि छैन जाति
मान्छे खोज्ने काम हो मेरो डुल्छु दिनराति ।

एउटो मात्रै भेटे पनि बनाई दिन्छु सय
सतर्क होउ सबैजना ज्यान जोगाउने भए ।

सुन्दैछु म बन्दैछ रे मेरो दवाई बुटि
पत्ता लागे भागिहाल्छु सुईकुच्चा ठोकि

01-by-aarju
02-aarju
03-aarju
Facebook Comments