रोट्रयाकले बितरण गर्यो माक्स

पोखरा चैत्र ४

रोट्रयाकल्ब अफ् अन्नपुर्ण र रोट्रयाकल्ब अफ् न्यूरोडको संयुक्त आयोजनामा कपडाको ५०० ओटा माक्स बितरण गरीएको छ ।पोखराको पृथ्बीचोक ट्राफीक कार्यलय अगाडी बाटोमा हिड्ने सर्बसाधरणहरुलाई माक्स बितरण गरीएको हो ।

बितरण कार्यक्रमा बोल्दै रोट्रयाकल्ब अफ् अन्नपुर्णका रोहित गरीले भने बिश्वभर फैलिएको कोरोना भाइरस बाट बच्न र रोग लाग्नु भन्दा पहिलेनै यस बाट जोगिनु पर्छ भन्ने उद्देश्यले माक्स बितरण गरीएको बताए ।बिषेश गरी पैदल यात्रिहरुलाई लक्षीत गरी पुर्ब तयारी स्वरुप माक्स बितरण गरीएको गिरीले बताए ।

कोरोना संक्रमण बाट जोगाउन र पृथ्बीचोकमा मानिसहरु बाहिरबाट भित्रिने र पोखरा बाट बाहिरिने क्रम भएको हुदाँ पृथ्बीचोक लाई छानेर माक्स बितरण गरीएको रोट्रयाकल्ब अफ् न्यूरोडका गणेस भण्डारीले बताए । बितरण कार्यक्रममा २० जना युबाहरुले सर्बसाधरणहरु लाई माक्स बितरण गरेका थिए । माक्स बितरण सहयोगी सस्थामा रोटरी कल्बअफ् न्यूरोड र रोटरी कल्बअफ् अन्नपुर्ण रहेका छन् ।

Facebook Comments