रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसन माघको चौथो साता पोखरामा हुने

पोखरा, माघ १५

नेपालसहित विश्वभरका रोटरियनहरु माघको चौथो साता पोखरामा भेला हुने भएका छन् । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनमा सहभागि हुन नेपाल, भुटानसहित विश्वभरका उच्च तहका रोटरियनहरु पोखरामा भेला हुने भएका हुन् ।

रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसन यहि माघ २४, २५ र २६ गते पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कार्यक्रम संयोजक गोपाल धोजुले जानकारी दिए । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसन दोश्रोपटक पोखरामा हुन लागेको हो । यसअघी सन २०१४ मा पनि पोखरामै डिष्ट्रिक्ट कन्भेन्सन भएको थियो ।

रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ मा नेपाल र भुटानका रोटरी क्लवहरु आबद्ध छन् । कार्यक्रम संयोजक धोजुका अनुसार रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ मा नेपालका १२७ क्लव आबद्ध छन् । भुटानका रोटरी क्लवहरु नेपाल मातहत नै रहेकाले उनीहरुपनि यहि क्लवमा रहेका हुन् ।

रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनमा सहभागि हुन ३ हजार बढी रोटरियनहरु पोखरा आउने कार्यक्रम संयोजक धोजुले जानकारी दिए । कन्भेन्सनमा सहभागि हुन रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहतासहित विश्वका उच्च तहका रोटरियनहरु आउने उनले बताए । डिष्ट्रिक्टमा आबद्ध क्लव तथा रोटरियनबाहेक अमेरिका, जापान, कोरियालगायतका देशका रोटरियनहरुपनि कन्भेन्सनमा सहभागि हुने संयोजक धोजुले बताए ।

कन्भेन्सनमा रोटरी क्लव र रोटरियनहरुले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामको बारेमा छलफलसहित योजना बनाइने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनका सेक्रेटरी रोटरियन डिल्लीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कन्भेन्सनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामहरुका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुती राख्नेछन् ।

Facebook Comments