रेडक्रसको रक्तदानमा ६६ युटिन संकलन

पोखरा २७ असोज । अन्तर्राष्ट्रिय विपद् व्यवसथापन दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा रेडक्रस सोसाइटी पोखरा १७, उपशाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ ।

रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाको सहकार्यमा भएको कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् ।प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विपद् समयमा रगतको बढी आवश्यकता पर्ने भएकोले यसप्रकारका कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रेडक्रसको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे ।जिल्ला रेडक्रस सोसाइटी कास्की सभापति डोलराज पाण्डेले रेडक्रस सरकारको सहयोगी निकाय भएको बताए ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल लगायतले बोलेका थिए ।रेडक्रस पोखरा १७ का सभापति झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस कास्की शाखा उपसभापति कृष्णप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य र सचिव हरिप्रसाद लम्सालले संचालन गरेको जानकारी रेडक्रसकर्मी विजय शाहीले दिए ।

Facebook Comments