रुपा मेलम २०७६ सम्पन्न, मेलामा ब्याज खादा र बाह्य माया को चिनो निषेध रुपाको विकाशको लागि प्रदेश सरकार तयार : गुरुङ

लेखनाथ, ३ माघ । गण्डकी प्रदेश का अर्थ मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा रुपा मेला २०७६ समापन समारोह एंब धुर्बतारा क्लब को २० औ बार्षिकोत्सब बिशेष कार्यक्रम सम्पन्न भएको हो ।समापन समारोहमा बोल्नुहुदौ गुरुङले रुपाले पर्यटन बिकास मा ठुलो फड्कोे मार्न लागिरहेको र प्रदेश सरकार को तर्फ बाट आबश्यक सहयोग रहने प्रतिबद्दता जनाउदै सम्पुर्ण रुपा बासिलाइ एकजुट हुन आग्रह गर्नु भयो छ ।

क्लबका बिशेष ब्यक्तित्वहरु क्लबको तर्फबाट सम्मान गरिएको थियो। सम्मान हुनेका क्लबका सस्थापक नारायण गुरुङ्, धुर्बतारा यु ए इ शाखा संस्थापक अर्जुन गुरुङ्, क्लब सदस्य इन्जिनियर खुसी मोहमद मिया, र रास्ट्रिय भलिबल रेफ्री गोपाल थापालाई धुर्बतारा सम्मान २०७६ बाट सम्मान गरियको थियो ।

प्रमुख अतिथी र गाँउपालिका अध्यक्ष नवराज ओझा ले सयुक्त रुपमा सम्मान गरियको उक्त मेला मा खादा, ब्याज र आयातित मायाको चिनोलाई पुर्ण रुपमा बन्द गरी रुपा गाउपालिका भित्रका उत्पादित स्थानिय बस्तु लाइ मायाको चिनो को रुपमा प्रदान गरियको थियो । समारोहमा गाउँपालिका प्रमुख नबराज ओझा तथा रुपाकोट रिसोर्ट का प्रोप्राइटर पुष्प राज अधिकारी लगायतले आफ्ना भनाइ राख्नु भयको थियो ।

मेलामा आयोजित झाँकी प्रदर्सनी प्रतियोगितामा शान्ती रुपा बराहथोक तमु समाज प्रथम, नेवा खल देउराली दितिय, चिसापानी समाजले तृतिय स्थान प्राप्त गरेका छन् । त्यस्तै एकल नृत्य प्रतियोगिता तर्फ नेहा गुरुङ देउराली प्रथम, कृपा लामिछाने धर्मडाडा दितिय र बिपिन कुमाल पोल्याङ ले तृतिय स्थान हासिल गरेका छन् ।

यसै गरी प्रा बि तह हाजिरी जवाफ प्रतियोगिता मा गाउफर्क आ बि प्रथम, कालिका आ बि दितिय र रुपा ज्योती मा बि ले तृतिय स्थान प्राप्त गरेका थिय । रुपा मेला को बिशेष आकर्सण १६ औ धुर्ब तारा भलिबल प्रतियोगिता को उपाधी आयोजक धुर्ब तारा क्लब ले आफ्नो पोल्टा मा पार्न सफल भयको छ । उपाधी सगै नगद ५५५५५ ट्रफी र मेडल प्राप्त गरेको छ ।

यसै गरी दितिय स्थान अन्नपुर्ण क्लब देउराली र तृतिय स्थान रुपाताल तमु समाज लेखनाथ ले प्राप्त गरे । रुपा मेला २०७६ लाई रुपाकोट रिसोर्ट को मुख्य प्रायोजन र शिबम सिमेन्ट को सह प्रायोजन रहेको थियो ।

क्लबले भ्रर्मण बर्ष २०२० लाइ लक्षित गरी यसै मेला को उत्घाटन समारोह मा माननिय साम्सद खगराज अधिकारी बाट क्लब को पहल मा निर्मित हात्तिमैता भ्यु टावर र नेपालकै ठुलो ४३ फिट राष्ट्रिय झण्डाको उदघाटन गरी रुपाको पर्यटन बिकास लाइ साथ दिइरहेको छ । अहिले रुपाकोट जाने आन्तरिक पर्यटक को लागी टावर र झण्डा रोजाइको गन्तब्य बनेको छ ।

Facebook Comments