रा रंगशाला निर्माण ६० प्रतिशत सम्पन्न, तिहारसम्म दुवो रोपिने, समयमै निर्माण नसके कारवाही : राखेप सदस्य गुरुङ

दीननाथ बराल, पोखरा १, कार्तिक-पोखरा रंगशालाको निर्माण कार्य हाल ६० प्रतिशत सम्पन्न भएको छ । सागलाई लक्षित हुने गरी पोखरा रंगशालाको निर्माण कार्यलाई हाल तिव्रता दिएसंगै हालसम्म करिब ६० प्रतिशत जसो निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ई. दीपक बरालले बताए ।

आगामी डिसेम्बर १ देखि १० तारिख १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताको लागि आफुहरुले फुटबल स्टेडियम निर्माण गरी सक्ने र हाल निर्माण कार्य तिव्र गतिमा अघि बढेको ई. बरालले जनाए । हाल दैनिक जसो एक सय ६० देखि एक सय ८० जना मजदुरहरु उक्त प्रोजेक्टमा लाग्दै आएको उनले जनाए । कामको अबस्था र प्रकृति हेरीकन राति १०ः३० बजेसम्म काम गर्ने गरेको ई. बरालले बताए । उक्त प्रोजेक्ट आफुहरुको लागि अग्नी परिक्षा नै भएको दाबी गर्दै प्रोजेक्ट म्यानेजर ई. बरालले तोकिएको मितिमा आफुहरुले ८ देखि १० हजार सिट क्षमताको प्यारापिट सहितको फुटवल मैदान निर्माण गर्ने दाबी गरे ।

हप्ता १० दिन भित्र अर्थात तिहार पर्वसम्म पोखरा रंगशालाको फुटवल मैदानमा भारत कोलकत्ताको दुवो रोपी सक्ने भएको ई. बरालले जनाए । उनका अनुसार दोश्रो चरणमा आज शुक्रबार भारतबाट २० हजार बर्गफिट दुवो पोखरा आएसंगै आज नै रोपिएको छ । निर्माण हुदै गरेको पोखरा रंगशालाको फुटवल मैदानमा भारतीय कोलकत्ताको बर्माडा ग्रास (दुवो) करिब २० दिन अघि पहिलो चरणमा रोप्न सुरु गरिएको थियो । पहिलो चरणमा एक गाडी अर्थात १५ हजार बर्गफिट दुवो पोखरा आएको थियो । भारतको नाकाबाट उक्त गाडी नेपाल भित्रिनको लागि प्राविधिक कारणवश दुई दिनसम्म रोकिन पुगेको ई. बरालले जनाए । उक्त दुवोमा माटो समेत टासिएकोले गर्दा भारतबाट नेपाल ल्याउन केही कठिनाई भएको उनले गुनासो गरे ।

खास दुवो लोड गरेको ४ दिन भित्र पोखरा ल्याउनु पर्नेमा प्राविधिक कारणले भारतमा दुई दीन रोकिदा पनि उक्त दुवो एसि गाडीमा ल्याएकोेले गर्दा हल्का ओइलाएको जस्तो देखिए पनि एक हप्तामा मौलाएर आउने ई. बरालले जनाए । पोखराको भन्दा कोलकक्ताको तापक्रम बढी भए पनि पोखरामा उक्त दुवो राम्रोसंग सर्ने प्राविधिक टोलीको आधारमा आफुहरुले भारतको दुवो रोजेको उनले प्रष्ट पारे । ई. बरालले भने “पोखरा रंगशालाको फुटबल मैदान भरीका लागि ९० हजार बर्गफिट बर्माडा ग्रास दुवो कोलकत्ताबाट ल्याउनको लागि अग्रिम बुकिङ समेत गरि सकेका छौं, बाँकी दुवो तिहार पर्वसम्म आई सक्छ । ” फुटबल मैदान निर्माणको अन्तिम घडिमा आर्टिफिसियलबाट नेचुरल फुटबल मैदान निर्माण गर्ने निर्देशन पाएसंगै आफुहरुले पोखराको वातावरण अनुकुल हुनेगरी कोलकत्ताबाट दुबो ल्याउन केही दिन ढिलाई भएको ई.बरालले बताए ।

केही दिन अघि पोखरामा लगातार जसो पानी पर्दा पोखरा रंगशाला निर्माण अन्र्तगत दुवो ल्याउन, ट्रयाकमा पिच गर्न समेत केही दिन ढिलो भएको उनले जनाए । चार वटा ग्यालरी मध्य हाल आफुहरुले ए र सी ग्यालरी तर्फ केन्द्रित भएको उनले जनाए । ग्यालरी एको फाउण्डेसन ४ दिन भित्रमा सक्ने, ग्यालरी सीलाई आगमी १५ दिनमा सक्ने गरी निर्माण कार्य सम्पन्न गर्ने ई.बरालले जनाए । उनले भने “यो प्रकारको ग्यालरीमा निर्माण भएको भौतिक संरचनाले ८ देखि १० हजार दर्शक सिट क्षमताको फाउण्डेसन हामी तयार पार्दै । ” फ्रान्सबाट स्टिल स्टक्चरका सामाग्रिहरु हिडि सकेको उनले जनाए । १७ वटा सौचालय मध्य हालसम्म ११ वटा सौचालयको भवन निर्माण भई हाल फिनिसिङको चरणमा रहेको ई. बरालले जनाए ।

७ वटा सौचालय प्रयोग गर्न मिल्ने बनाउने उनले जनाए । भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा उक्त प्रोजेक्टको जिम्मा लिएको हो । साग पोखरामा हुने गरी निर्माण कम्पनीले कुनै पनि हालतमा पोखरा रंगशाला निर्माण गर्नु पर्ने अन्यथा आफुहरुले निर्माण कम्पनीलाई कारवाही गर्ने राखेप सदस्य राजेश कुमार गुरुङले बताए । उनले भने “ हामीलाई विश्वास छ, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बराल पोखरेली भएको नाताले हाम्रो इज्जत र प्रतिष्ठासंग समेत जोडिएको बिषय भएकोेले उहाँले पोखरा रंगशाला समयमै निर्माण गरि सक्नु हुनेछ, अन्यथा हामी उनी उपर कारवाही गर्न बाध्य हुने छौं । ” उक्त प्रोजेक्ट समयमै सकेको खण्डमा आफुहरुले निर्माण कम्पनीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने योजना रहेको राखेप सदस्य गुरुङले जनाए ।

महिला क्रिकेट सहित पोखरामा ९ वटा खेलहरु आयोजना हुने भएका छन््। महिला क्रिकेट पोखरामा २ डिसेम्बर देखि ९ डिसेम्वर अर्थात मंसिर १६ देखि २३ गतेसम्म हुने भएको हो । पोखरामा हुने महिला फुटवल २८ नोवेम्वर देखि ९ डिसेम्बरसम्म, ह्याण्डवल २८ नोवेम्बर देखि ४ डिसेम्वरसम्म, प्याराग्लाइडिङ २९ नोवेम्बर देखि ८ डिसेम्बरसम्म हुने भएको राखेपले जनाएको छ । त्यसै गरी पोखरामा महिला तथा पुरुष ह्याण्डवल, भारतोलन, बिच भलिवल, महिला फुटवल, व्यडमिन्टन, ट्याथलन र आर्चरी हुने भएको हो ।

यसैबिच, साग पोखराको स्थानिय व्याबस्थापन समितिका संयोजक समेत रहेकी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले शुक्रबार पोखरा रंगशालाको अवलोकन समेत गरेकीछन्।

Facebook Comments