राहत कोष-मेजर चन्द्र बहादुर पहरे पुन मगरद्धारा महानगरलाई ५० हजार सहयोग घोषणा, लकडाउनको स्वागत, घरमै बस्न आग्रह(video)

अनलाईनअन्नपूर्ण/पोखरा, चैत्र १८

समाजसेवी मेजर चन्द्र बहादुर पहरे पुन मगरले कोरोानाभाइरसको संक्रमणबाट जोगिन र जोगाउन सरकारले गरेको लडकडाउनको स्वागत गर्दै आम जनसमुदायलाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभएको छ ।

मेजर पुनले घरभित्र रहेर सुरक्षित तवरले बस्न आग्रह गर्दै पोखरा महानगरपालिकाले आव्हान गरेको राहत कोष र राहत वितरण पारदर्शि हुनुपर्ने र त्यसलाई लक्षित वर्गसम्म पुर्याउन आग्रह गर्नुभएको छ ।

लकडाउनको समयमा दैनिक खानपानको समस्या भएका विपन्न, अतिविपन्न तथा ज्यालादारी, दैनिक मजदुरी गरीरहेकाहरु वढि प्रभावित भएकोले उनिहरुसम्म राहत पुर्याउन सहयोग होस् भन्ने हेतुले मेयर मान बहादुर जिसिसंग टेलिफोनमा कुरा गरेर ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

by-aarju
Facebook Comments