राष्ट्र बैंकबाट बिदा भए गभर्नर नेपाल

काठमाडौं ४ चैत्र

गभर्नर चिरञ्जीवी नेपाल आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी आजबाट बिदा भएका छन् ।२०७१ चैत ५ गते १६औं गभर्नरका रूपमा राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका नेपालले आजबाट आफ्नो कार्यकाल पूरा गरी औपचारिक रूपमा बिदा भएका हुन् ।उनी बिदा भएसँगै कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले दिइएको स्रोतले जानकारी दिएको छ ।सरकारले समयमै गभर्नर नियुक्त गर्न नसक्दा शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी दिइएको हो ।

Facebook Comments