राष्ट्रिय एकता अभिवृद्धिमा प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास

उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओलीबाट सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना

काठमाडौँ, १६ कात्तिक -राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
छठका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वले सामाजिक एकता प्रवद्र्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

उपराष्ट्रपतिद्वारा छठको शुभकामना

credir: Ratopati

उपराष्ट्रपति नन्दबहादुर पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी रहेको बताउनुभएको छ ।
छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रो विविधतायुक्त संस्कार, संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ् गर्दै आएको उल्लेख गर्नुभएको छ ।
उदाउँदो र अस्ताउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारकै मौलिक पर्वको रुपमा छठलाई लिइने उहाँको भनाइ छ ।
छठ पर्वको अवसरमा उपराष्ट्रपतिले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले नेपाल भरिपूर्ण राष्ट्र भएको उल्लेख गर्नुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ “पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्य उपसासना गरेर तराई मधेसमा मनाइने छठ पर्व आज अन्य क्षेत्रमा पनि विस्तार हुँदै आएको छ । छठले तराई–मधेसलाई पहाड हिमालसँग जोड्ने गरेर सुखद सन्देश दिंदै आएको छ ।”
उपराष्ट्रपतिले यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समुन्नत र समृद्ध राष्ट्र निर्माणको महाअभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा दिनेनैछ भन्ने उहाँले कामना समेत गर्नुभएको छ ।

छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछ :प्रम ओली

credir ICT Frame

प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताउनुभएको छ ।
छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गर्नुभएको छ । “यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो” उहाँले सन्देशमा भन्नुभएको छ, “यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।”
प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताउनुभभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “छठपर्व सूर्यको आराधना र प्रार्थना गरेर मनाउने तथा सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो र सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ ।”
छठपर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा सूर्यलाई नवग्रहकै उत्पत्तिकर्ता, सृष्टिकै उत्पन्नकर्ता तथा आदिदेवको रुपमा सम्झना गरिने उल्लेख गर्नुभएको छ ।
उहाँले स्वेदश तथा विदेशमा बसेर छठपर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।रासस

Facebook Comments