राष्ट्रिय एकतालाई अझै मजबुत वनाउन महत्वपूर्ण योगदान:मुख्यमन्त्री गुरुङ

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १२

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुस्लिम समुदायको महत्वपूर्ण पर्व ईदुल फित्रको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय लगायत सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि,एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
एक महिनासम्म व्रत÷उपवास वसेर रमदान पर्व मनाइन्छ । विहान सूर्यको किरण पृथ्वीमा छरिनुभन्दा पहिला नै र वेलुका सूर्यको किरण अस्ताइसकेपछि मात्र जल, फल र अन्न खाएर व्रत÷उपवास वसिन्छ । अरुको भोक, तिर्खा र पीडा बुझ्नका लागि पहिला आफै नै त्यो अवस्थावाट गुज्रिनुपर्छ भनेर धैर्यतापूर्वक एक महिना लामो व्रत÷उपवास गर्ने गरिएको भन्ने मान्यता पाइन्छ । एक महिनासम्मको लामो व्रत÷उपवास अर्थात रमदान पर्व सम्पन्न भएको खुशीयालीमा ईदुल फित्र पर्व मनाउने गरिएको हो ।
वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषण भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिएको मुख्यमन्त्री गुरुङको सन्देशमा उल्लेख छ । साथै उहाँले ईदुल फित्र पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपाली वीच वन्धुत्व, प्रेम र एकताको भावना वढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल वनाउन सवैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
मानव जातिकै अस्तित्वका लागि चुनौती वनेर आएको कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्धको जारी लडाईमा पूर्ण सफलता प्राप्त गर्न र यस विश्व संकटको वेलामा अझ दृढतापूर्वक जुट्न आजको दिनले हामी सवैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको उहाँको सन्देशमा उल्लेख छ ।

Facebook Comments